खोलामा माछा मार्न जाल हान्ने क्रममा एक जना बेपत्ता
तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका–४ सेतीखोलामा माछा मार्न जाल हान्ने क्रममा एक पुरुष बेपत्ता भएका छन्।
बेपत्ता हुनेमा भीमाद नगरपालिका–५ आँमडाँडा तुतुवाका ४४ वर्षीय टेकबहादुर सप्लाङ्गी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए। जाल हान्ने क्रममा चिप्लिएर उनी भुमरीमा परी बेपत्ता भएका थिए।
स्थानीयले खोजतलास गर्दा फेला पार्न नसकेको प्रहरीमा जानकारी प्राप्त हुनसाथ तत्काल इलाका प्रहरी कार्यालय भीमादबाट प्रहरी टोली खटिएको उनले बताए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment