हेलिकप्टरद्वारा सुत्केरीको उद्धार

डिसी नेपाल
१४ माघ २०८२ १८:४०
44
Shares

डोल्पा । डोल्पामा सालनाल अड्किएर जटिल अवस्थामा परेकी सुत्केरीको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ।

आज दिउँसो राष्ट्रपति सुत्केरी उद्धार कोषअन्तर्गत ठूलीभेरी नगरपालिका–९ की ३० वर्षीया विष्णुकुमारी डाँगीको उद्धार गरिएको हो।

डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमाल (ढकाल)को सक्रिय पहलमा हेलिकप्टरको व्यवस्था गरी सुत्केरीलाई थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत पठाइएको छ।

जिल्ला अस्पताल डोल्पाका चिकित्सक तुलसी शाहका अनुसार सुत्केरी भएपछि बिहानसम्म सालनाल अड्किएर गम्भीर समस्या देखिएपछि पठाउनु परेको हो।

पाठेघरको शल्यक्रिया गरी सालनाल निकाल्नुपर्ने जटिल अवस्था आएपछि जिल्लामा सम्भव नभएकाले थप उपचारको लागि पठाइएको शाहाले जानकारी दिइन्। समयमै हेलिकप्टरद्वारा उद्धार सम्भव भएकाले सुत्केरीको ज्यान जोखिममुक्त भएको अस्पताल स्रोतले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.