श्रीमतीले नै योजनाबद्ध तरिकाले गरेकी थिइन् श्रीमान र सासुको हत्या

डिसी नेपाल
१५ माघ २०८२ १३:५३
864
Shares

काठमाडौं । बाराको परवानीपुरमा भएको आमाछोराको सत्याको रहस्य प्रहरीले सुल्झाएको छ । अनुसन्धानको क्रममा मृतक छोराकी श्रीमतीले नै योजनाबद्ध रूपमा आफ्नै श्रीमान र सासुको हत्या गरेको खुलेको छ । बुधबार मध्यराती २७ वर्षीय रामेश्वर महतो मण्डल र उनकी आमा ४८ वर्षीय सुमित्राको हत्या भएको थियो ।

अनुसन्धानमा रामेश्रकी श्रीमती मनिताको योजनामा हत्या भएको खुलेको हो । प्रहरीले मनितालाई घरबाटै पक्राउ गरेको थियो । सोधपुछमा उनकै योजनामा दुवैको हत्या भएको खुलासा भएको हो ।

घटनामा मनिताकी २० वर्षीया नन्द रीना कुमारी मण्डल र ५४ वर्षीय ससुरा जगरुप महतो गम्भीर घाइते भएका छन् । उनीहरू प्रतिकारको क्रममा घाइते भएको पनि अनुसन्धानमा खुलेको छ । घाइतेहरूको परवानीपुर एलएस न्युरो अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीले आरोपी तथा योजनकार मनितासहित उनको सहयोगी भएको आरोपमा प्रसौनी गाउँपालिका–७ बन्जरिया का २७ वर्षीय धर्मेन्द्र महतोलाईसमेत पक्राउ गरेको छ । धर्मेन्द्र वैदेशिक रोजगारीबाट केही महिनाअघि घर आएका थिए ।

प्रहरीको अनुसन्धानमा मनिता र धर्मेन्द्रबीच प्रेम सम्बन्ध रहेको खुलेको छ । हत्यामा धर्मेन्द्रबाहेक अरूको समेत संलग्नता रहेको समेत खुलासा भएको छ । धर्मेन्द्रको घर मनिताको माइती नजिकै पर्छ ।

मनिता गत साउनदेखि घर छाडेर हिँडेकी थिइन् । उनी माइती समेत नगइ काठमाडौंमा बस्थिन् । मनिता र रामेश्वरका दुई छोरी छन् । मनिता छोरीहरू घरमै छाडेर काठमाडौं आएकी थिइन् । उनलाई मंसिरमा घर फर्काइएको थियो ।

राती हत्या गर्ने उद्देश्यले आएका प्रेमी र उनका सहयोगीलाई मनिता आफैंले पछाडिको ढोका खोलिदिएको आशंका छ । गाउँमा हल्ला भएपछि छिमेकीहरू पुग्दा घरमा २ लाश र २ जना गम्भीर घाइतेको बीचमा फेला परेकी मनितालाई भने केही भएको थिएन । उनका सहयोगीहरू भागिसकेका थिए । धर्मेन्द्रलाई पछि वीरगञ्जबाट पक्राउ गरिएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.