रवि अस्पतालबाट डिस्चार्ज

डिसी नेपाल
१५ माघ २०८२ १८:५५
184
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने अस्पतालबाट डिस्चार्ज भएका छन्।

माघ ५ गते जनकपुरमा आयोजित कार्यक्रममा सहभागी हुने क्रममा लामिछानेको देब्रे खुट्टामा चोट लागेको थियो। औषधि सेवन गर्दा पनि सञ्चो नभएपछि सङ्क्रमण बढेर सेलुलाइटिस भएपछि उनी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका थिए।

अस्पतालका प्रवक्ता डा. गोपाल सेढाईंका अनुसार लामिछानेको स्वास्थ्यावस्था सुधार आएसँगै आज डिस्चार्ज भएका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *