संयुक्त राष्ट्रसंघद्वारा नेपाली सेनाको प्रशंसा

डिसी नेपाल
१६ माघ २०८२ ७:१६
124
Shares

काठमाडाैं। संयुक्त राष्ट्र संघले आफ्नो पिस किपिङ फेसबुक पेजमा नेपाली सेनाले कठिन भन्दा कठिन स्थानमा पनि ड्यूडी गरेको भन्दै तस्वीरसहितको पोष्ट गरेको छ। बिहीबार गरेको पोष्टमा शान्ति स्थापना अभियानमा नेपाली शान्ति सैनिकको प्रशंसनीय भूमिकाबारे उल्लेख छ।

विश्वका विभिन्न देशबाट खटिएका संयुक्त राष्ट्रसंघका शान्ति सैनिकहरूले दैनिक रूपमा सुरक्षा अवस्था मूल्यांकन गर्न, सम्भावित तनाव न्यूनीकरण गर्न तथा शान्ति प्रयासलाई मजबुत बनाउन नियमित गस्ती सञ्चालन गर्दै आएका छन्।

संयुक्त राष्ट्रको आधिकारिक शान्ति स्थापना मिशनको सामाजिक सञ्जाल पेजमार्फत पनि अनडफ अन्तर्गत कार्यरत नेपाली शान्ति सैनिकहरूको साहस, अनुशासन र व्यावसायिकताका लागि खुलेर प्रशंसा गरिएको छ।

तस्वीरमा देखिएअनुसार नेपाली शान्ति सैनिक टोलीले कठिन मौसम र दुर्गम भू-भागमा डोरीको सहायतासहित (रोप-अप पेट्रोल) गस्ती गर्दै मिशनको आदेशअनुसार जिम्मेवारी कुशलतापूर्वक पूरा गरिरहेको देखिन्छ।

विश्वभर द्वन्द्व बढ्दै गएको र शान्ति स्थापना मिशनहरू बजेट तथा स्रोतको चुनौतीमा परिरहेको सन्दर्भमा, संयुक्त राष्ट्रसंघले शान्ति स्थापना अभियानलाई जीवन जोगाउने महत्वपूर्ण माध्यम मात्र होइन, दीर्घकालीन शान्ति र स्थायित्वका लागि आवश्यक रणनीतिक लगानीको रूपमा पनि सो पोष्टमा व्याख्या गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *