गोली प्रहार गरी सिरहा किसानको हत्या
सिरहा । सिरहामा गोली प्रहार गरी एक जना किसानको हत्या भएको छ। सिरहा नगरपालिका–१ निवासी अन्दाजी ४५ वर्षीय प्रमेनाथ यादवको अज्ञात व्यक्तिले चलाएको गोली लागेर ज्यान गएको हो।
यादव वडा नम्बर–७ स्थित मैनाबत्ती खोला किनारमा आफ्नै खेतमा ट्र्याक्टरले जोतिरहेका बेला उनीमाथि गोली प्रहार भएको हो। घटनास्थलमै उनको मृत्यु भएको बताइएको छ।
अहिले घटनास्थलमै रहेको र अनुसन्धान भइरहेको सिरहा प्रहरीले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment