बालेनको घरमा चोरीको आशंका, गेट फुटाइयो

डिसी नेपाल
१७ माघ २०८२ ११:०६
996
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को काठमाडौंस्थित घरमा चोरीको आशमकामा प्रहरीले अनुसन्धान अगाडि बढाएको छ । घरको गेटमा तोडफोड भएपछि प्रहरीले अनुसन्धान थालेको हो ।

शुक्रबार राति अज्ञात समूहले घरको गेटको ग्रिल फुटाएको हो । बालेन भने घरमा छैनन् । उनी आज मात्र कर्णाली प्रदेशको राजधानी सुर्खेत पुगेका छन् । हिजोसम्म उनी सुदूरपश्चिममा थिए ।

चोरले गेट फुटाएको हुनसक्ने प्रहरीले आशंका गरेको छ । घरमा को-को थिए ? के चोरी भयो या भएन भन्नेबारे बुझ्ने काम भइरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.