त्रिभुवन विमानस्थल भन्सारका कर्मचारी घुससहित पक्राउ

डिसी नेपाल
१९ माघ २०८२ १२:४३
2.7k
Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका कर्मचारी घुससहित पक्राउ परेका छन् । भन्सारको वैदेशिक हुलाक शाखामा कार्यरत तीन जना कर्मचारीलाई पक्राउ गरिएको हो ।

भन्सार अधिकृत इन्द्र न्यौपाने, कार्यालय सहयोगी गणेशप्रसाद पुडासैनी र हुलाक भन्सार पार्सल (निकासी) शाखामा कार्यरत नायब सुब्बा छविप्रसाद रिजाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले गोश्वारा हुलाक कार्यालय डिल्लीबजारबाट पक्राउ गरेको हो।

कार्यालय सहयोगी पुडासैनीको साथबाट घुसबापत लिएको नेपाली रूपैयाँ १० हजार र विदेशी मुद्रा समेत गरी १ लाख ४६ हजार ४२० रुपैयाँ बरामद गरिएको अख्तियारले जनाएको छ। नासु रिजालको साथबाट घुस लिएको २० हजार रुपैयाँ तथा स्रोत नखुलेको रकमसमेत गरी कुल २ लाख ६८ हजार २८८ रुपैयाँ फेला परेको छ।

उनीहरूमाथि कुरियर कम्पनीमार्फत विदेश पठाइने सामानको भन्सार प्रक्रिया सहज गरिदिने भन्दै घुस लिएको आरोप छ । अख्तियारले गोप्य उजुरीको आधारमा छापा मारेको हो । अख्तियारको टोलीले २३ थान मोबाइल फोनसमेत बरामद गरेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *