सल्यानमा अटो दुर्घटना, १० जना घाइते

डिसी नेपाल
१९ माघ २०८२ १७:५०
408
Shares

सल्यान । सल्यानमा अटो दुर्घटना हुँदा १० जना घाइते भएका छन्। शारदा नगरपालिका–२ खलंगास्थित सिँचाइ कार्यालय नजिकै खलंगा–श्रीनगर सडक खण्डमा अटो दुर्घटना हुँदा १० जना घाइते भएको प्रहरीले जनाएको छ।

सोमबार दिउँसो करिब २ बजे श्रीनगरबाट खलंगातर्फ आउँदै गरेको रा १ ह २१९५ नम्बरको अटो अनियन्त्रित भई सडकबाट करिब ५०० मिटर तल खसेको र घाइते १० मध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

घाइते सबैलाई उपचारका लागि जिल्ला अस्पताल सल्यान पठाइएको छ। अटो चालक शारदा नगरपालिका-६ का २५ वर्षीय अर्जुन डाँगीलाई भने चोट नलागेको र नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

घाइते हुनेहरूमा सल्यान सिद्धकुमाख गाउँपालिका–२ का ३५ वर्षीय दीपक विक, शारदा नगरपालिका–११ का १९ वर्षीय रेशमबहादुर नेपाली, सिद्धकुमाख गाउँपालिका–१ का ७८ वर्षीय टरबहादुर रेउले, बनगाड कुपिण्डे नगरपालिका–९ की २३ वर्षीया संगिता विक, संगिताका ७ वर्षीय छोरा दीपक, ३ वर्षीया छोरी सृष्टि दाङको बबई गाउँपालिका–६ की २३ वर्षीया कृष्णा बुढाथोकी, उनकी ३ वर्षीया छोरी स्मृति, सिद्धकुमाख गाउँपालिका–२ की ३८ वर्षीया धनी सुनार र सोही स्थानकी ३९ वर्षीया पुष्पा सुनार रहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *