ठगीको आरोपमा दुई जना पक्राउ
गण्डकी । रोजगारीका लागि विदेश पठाउने वहानामा ठगी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
फेसबुकमार्फत विदेश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा पोखरा महानगरपालिका–१९ लामाचौरकी ३४ वर्षीया कल्पना नहर्की पौडेल र मुगुको खप्तड गाउँपालिका घर भई हाल पोखरा बस्ने २८ वर्षीय वीरेन्द्र रावतलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए।
पौडेलले आफू कानुन व्यवसायी रहेको र पोल्याण्डमा श्रीमानले सञ्चालन गरेको होटलमा कामदारका रुपमा लैजाने भन्दै ११ जनालाई ठगी गरेको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। रु दस हजारदेखि रु दुई लाखसम्म गरी कूल १४ लाख ६० हजार ठगी गरेको जाहेरी प्रहरीमा परेको थियो।
दुवै जनामाथि आपराधिक विश्वासघात तथा आपराधिक लाभको मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रनाउ बस्नेतले बताए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment