काठमाडौंबाट उडेको टर्किश एयरलाइन्सको विमानको इन्जिनमा आगो लाग्यो
काठमाडौँ । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टर्कीको इस्तानबुलका लागि उडेको टर्किश एयरलायन्सको विमानको एउटा इन्जिनमा आगो लागेको छ ।
उडेको केही समयमै समस्या देखिएपछि विमान फर्किन खोजेको थियो । तर, केहीबेर काठमाडौंको आकाशमा फन्को मारेपछि विमान कोलकातामा अवतरणको अनुमति लिएर त्यतै गएको छ । विमानस्थलबाट उडेलगत्तै समस्या देखिएको विमानस्थल स्रोतले जनाएको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment