झापामा टिपर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

डिसी नेपाल
२१ माघ २०८२ १९:१९
284
Shares

विराटनगर । झापाको दमकमा टिपरसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गएको छ।

दमक नगरपालिका–१ बरगाछीमा बुधबार दिउँसो दमकबाट रामचोकतर्फ जाँदै गरेको मे १ ख २८८४ नम्बरको टिपरमा दुर्गा मन्दिरबाट पेल्टीमारीतर्फ जाँदै गरेको प्र १–०१–०१८ प ८३०३ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा २ जनाको ज्यान गएको हो

दुर्घटनामा मोटरसाइकल चालक इलामको चुलाचुली गाउँपालिका–४ का २२ वर्षीय प्रवेश राई र पछाडि सवार १९ वर्षीय जनम राईको मृत्यु भएकाे झापा प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई उद्धार गरेर उपचारका लागि दमक अस्पतालमा लगिएकोमा चिकित्सकले मृत घोषित गरेका थिए।

प्रहरीले टिपर र चालक उदयपुरको त्रियुगा नगरपालिका–९ रातमाटेका ३२ वर्षीय हिवराज रायलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान थालेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.