पचपन्न वर्षमा घर फर्केपछि ७० वर्षको उमेरमा नागरिकता
अमरगढी (डडेल्धुरा) । यहाँको गन्यापधुरा गाउँपालिका–३ गौलीगाउँ देवलका गगनसिं खड्काले ७० वर्षको उमेरमा नागरिकता प्राप्त गरेका छन्। सहायक प्रमुख जिल्ला अधिकारी अमरबहादुर वलीले आज उनलाई जिल्ला प्रशासन कार्यालय डडेल्धुरामा नागरिकता प्रदान गरे।
वि.सं. २०१२ माघ १५ गते जन्मिएका खड्का १६ वर्षको उमेरमा रोजगारीको खोजीमा भारत गएका थिए। त्यसपछि उहाँ ५५ वर्षपछि फर्किएका हुन्।
गाउँ फर्केपछि स्थानीयवासीले बुढेसकालमा सरकारले दिने सामाजिक सुरक्षा भत्ताबारे जानकारी गराएपछि उनी नागरिकता बनाउन प्रशासन कार्यालय गएका हुन्।
यसैगरी स्थायी ठेगाना सोलुखुम्बु भएका एनबी तामाङले पनि आज ७४ वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र पाएका छन्। उनी करिब पाँच दशकदेखि डडेल्धुरामा बसोबास गर्दै आएका छन्।
वि.सं. २०३५ देखि डडेल्धुरा आउनुभएका तामाङले विभिन्न कारणले हालसम्म नागरिकता बनाउन नसकेको सहायक प्रमुख जिल्ला अधिकारी ओलीले जानकारी दिए।







डिसी नेपाल








Facebook Comment