रुकुमपूर्वमा एमालेको गठबन्धन टुट्यो

डिसी नेपाल
२२ माघ २०८२ ११:३०
128
Shares

काठमाडौं । रूकुम पूर्वमा नेकपा एमाले र प्रगतिशील लोकतान्त्रिक पार्टीबीच भएको गठबन्धनको सहमति टुटेको छ । एमालेले रुकुमपूर्वमा प्रलोपाका उम्मेदवार सन्दीप पुनलाई दिएको समर्थन फिर्ता लिएको छ ।

यसअघि एमालेले रुकुम पश्चिममा प्रलोपाकै जनार्दन शर्मा र पूर्वमा सन्दीप पुनलाई समर्थन गर्ने सहमति गरेको थियो । तर पछि पुनलाई दिएको समर्थन फिर्ता लिएको हो । रुकुम पश्चिममा जनार्दनलाई दिएको समर्थन भने यथावत छ ।

पहिलेको सहमति संशोधन गरेर नयाँ सहमति गर्दा रूकुम पूर्वको सहमति फिर्ता लिएको हो । रुकुमपूर्वमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड उम्मेदवार छन् । यहाँ एमालेका लिलामणि गौतम उम्मेदवार छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *