सुनको मूल्य आकासियो, कतिमा हुँदैछ कारोबार?
काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन तोलामा ९ सय रुपैयाँले बढेर ३ लाख ५ हजार ५ सय रुपैयाँ कायम भएको छ। सोमबार छापावाल सुन तोलामा ३ लाख ४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
महासंघका अनुसार आज चाँदीको मूल्य भने घटेको छ। सोमबार तोलामा ५ हजार २५० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज घटेर ५ हजार २४० रुपैयाँ कायम भएको महासंघको भनाइ छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment