नेप्से निरन्तर ओरोलो यात्रामा : आज १०.२५ अंकले घट्यो, ८ अर्ब ६१ करोडको कारोबार

डिसी नेपाल
२७ माघ २०८२ १५:३१
12
Shares

काठमाडौं। मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेर बन्द भएको छ। साताको पहिलो कारोबार दिनदेखि ओरालो लागेको नेप्सेले मंगलबार पनि सोही प्रवृत्ति निरन्तरता दिएको हो।

यस दिन नेप्से परिसूचक १०.२५ अंक घटेर २६६२.१४ विन्दुमा झरेको छ। यस्तै, सेन्सेटिभ इण्डेक्स १.२६ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.८२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५६ अंकले गिरावट देखीएको छ।

परिसूचकसँगै कारोबार रकम पनि घटेको छ। यसदिन १० अर्ब ७७ करोड रुपैयाँको कारोबार भएको बजारमा मंगलबार ३२४ कम्पनीका २ करोड १७ लाख १५ हजार कित्ता शेयर ८९ हजार ८३६ पटक कारोबार हुँदा कुल कारोबार रकम ८ अर्ब ६१ करोड ६४ लाख रुपैयाँमा सीमित भएको छ।

यस दिन कालिञ्चोक दर्शन लिमिटेडको शेयरमूल्य सर्वाधिक ६.३६ प्रतिशतले बढेको छ। त्यसैगरी, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयरमूल्य ५ प्रतिशतभन्दा बढीले उक्लिएको छ भने आरबिबि फोकस ४० म्युचुअल फण्डको इकाईमूल्य करिब ४ प्रतिशतले बढेको छ। यता, कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य भने सर्वाधिक ५.२४ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा मंगलबार अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी शीर्ष स्थानमा रहेको छ। उक्त कम्पनीको यस दिन ४५ करोड २८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, आँखु खोला जलविद्युत कम्पनीको साढे ४० करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने रिडी पावर कम्पनीको कारोबार रकम साढे ३८ करोड रुपैयाँ नाघेको छ।

१३ उपसमूहमध्ये मंगलबार २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचक सामान्य बढेका छन्। कारोबारमा आएको विकास बैंक उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.१५ प्रतिशतले घटेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.