ओखलढुंगामा टिपर दुर्घटना, भीरमा एक जनाको शव फेला
ओखलढुंगा। ओखलढुंगा सदरमुकामनजिकै टिपर दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
सोलुखुम्बु जाने सडक खण्डअन्तर्गत रमाइलोडाँडाभन्दा केही माथि उक्त दुर्घटना भएको हो। दुर्घटनाग्रस्त टिफर सडकबाट करिब ३ सय मिटर तल खसेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार भीरमा एक जनाको शव अड्किएको अवस्थामा फेला परेको छ।
घटनास्थलमा सुरक्षाकर्मी पुगेर आवश्यक उद्धार तथा अनुसन्धान कार्य सुरु गरिएको छ। दुर्घटनाको कारण तथा मृतकको पहिचान खुल्न बाँकी रहेको छ । घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment