अमेरिका, इजरायल र इरान युद्ध
कुनै बेला विश्व महाशक्ति राष्ट्र बेलायत थियो। जसको साम्राज्यमा कहिले पनि घाम अस्ताउँदैनथ्यो। यसको कारण यो थियो कि संसारको अधिकांस भाग उसको अधिनस्थ थियो।
बेलायतको औद्योगिक क्रान्तिपछि कारखानाहरुबाट मालको उत्पादन ज्यादा बढेपछि त्यो खपत गराउन बजारको खोजीमा निस्किँदा बेलायतले उपनिवेशहरू खडा गर्दै विशाल साम्राज्यको स्थापना गरेको थियो।
यस्तो साम्राज्यवादी देशहरू अरु पनि थिए तर साम्राज्य जित्ने होटमा बेलायत नै सबैभन्दा अगाडि थियो। तर दोस्रो विश्वयुद्धपछि विश्व राजनीतिक रंगमञ्चबाट बेलायत पछि पर्याे। यसपछि विश्व राजनीतिमा अमेरिका र सोभियत संघ अगाडि आयो।
सन १९९१ मा सोभियत संघको पतन भइसकेपछि अहिले यो होड्मा अमेरिका अग्रपंक्तिमा छ। आजको विश्वमा अमेरिका विश्वलाई एकातिर शान्ति लोकतन्त्र र जनअधिकारको पाठ पढाउछ। लोकतन्त्रको विश्वभरि नै दुहाई दिने गर्छ। अर्कातिर उसले विश्वभरि नै युद्ध थोपर्छ।
हिजोका साम्राज्यवादी राष्ट्रहरू आफ्ना उत्पादित मालसामानहरू बिक्रीको लागि विश्वभरि हस्तक्षेपको नीति अवलम्बन गर्दर्थे। आजको विश्वमा महाशक्ति राष्ट्रको हस्तक्षेप सामानहरु बिक्रीको लागि होइन बरु ती देशहरूमा भएको खनिज र तेल माथि अधिपत्य जमाउनको लागि हो।
सामान बिक्री गर्ने काम अब विश्वभरि कार्टेल र बहुराष्ट्रिय निगम जस्ता संगठन मार्फत हुँदै आएको छ। यसैले शक्ति राष्ट्रहरू उहिलेका र अहिलेका संसारलाई प्रभाव पार्ने र आफ्नो प्रभाव बनाई राख्ने तौर तरिकाममा फरकपना आएको छ।
गत पौष १९ मा अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस माधुरोलाई मध्यरातको समयमा गिरफ्तार गरी अमेरिका पुर्यायो। त्यहाँ पुर्याइ लागु औषध र आतंकवाद जस्ता फर्जी मुद्दा चलाएको थियो। एउटा सार्वभौम राष्ट्रमाथि गरेको यो उसको रवैया देखेर विश्वभरिका मानिसहरु चकित परेका थिए।
पुन गत फेब्रुअरी २८ मा अमेरिका र इजराइलको संयुक्त हमला इरानमाथि भएको छ। अचानक भएको यो हवाई हमलामा इरानको सर्वोच्च नेता आयोतोला अलि खामिनी र केही उच्च अधिकारीहरूको समेत हत्या भएकोछ। सिआईएको विशेष निगरानीले यो सम्भव भएको हो।
सर्वोच्च नेता खामिनीसहित केही उच्च अधिकारीहरूको एउटा बैठक बसिरहेको थियो। यही मौकामा उनीहरूबाट यो हमला भएको हो। यसमा सूचना चुहाउने व्यक्तिको पहिचान गरी कारवाही समेत भइसकेको जनाएको छ।
अमेरिकाले विगतमा अफगानिस्तान इराक र सिरिया जस्ता मुलुकहरूमा हमला गरी आधिपत्य जमाउने कोसिस गरेको थियो। उसले विश्वका विभिन्न देशहरूमा आफ्नो प्रभाव बनाउन दुई किसिमको नीति अपनाउँदै आएको छ।
-१ उसले त्यस देशको सत्ता परिवर्तन गर्नको लागि विभिन्न जातजातिलाई एक अर्का विरुद्ध उचालेर गर्दै आएको छ।
– २ शान्ति र लोकतन्त्र जस्ता लोकप्रिय नारा दिइ सत्ता परिवर्तन गराउने प्रयास गरेको देखिन्छ। सत्ता परिवर्तनमार्फत कठपुतली सरकार निर्माण गर्दै आफ्नो नीति र स्वार्थ त्यही सरकार मार्फत पूरा गर्दै आएको छ।
विश्वका विभिन्न देशहरुमा उसले ती देशहरुको सुरक्षाको लागि भन्दै अमेरिकी सैनिक क्याम्पहरु राख्ने काम पनि गर्दै आएको छ। मध्यपूर्वका देशहरुमा पनि उसले यसैगरी अमेरिकी सैनिक क्याम्पहरू राख्ने काम गरेको छ। युएई, कतार, कुवेत, बहराइन आदि सबै देशहरूमा उसका सैनिक अखडाहरू छन्।
अमेरिकी तथा इजरायली हमलाको कारण इरानको सर्वोच्च नेता समेत उच्च अधिकारीहरूको हत्या भइकेपछि इरानले पनि बदला लिन सुरु गरेको छ। उसले मध्यपूर्वका देशहरूमा रहेका सैनिक क्याम्पहरुमा छानीछानी मिसाइल तथा ड्रोन हमलालाई तीव्र बनाएको छ।
यसबाट धेरैजना अमेरिकी सैनिकहरूको पनि हताहत भएको समाचारहरु आएको छ। अमेरिकाले पनि आफ्नो देशका नागरिकहरूलाई मध्यपूर्व छोड्न अनुमति दिएको छ। मध्यपूर्वका सैनिक क्याम्पहरू धमाधम पछि हट्न थालेका छन्।
अहिले त उसले अमेरिकी दूतवास र तिनीहरूका तेलका केन्द्रहरूमा पनि प्रहार गर्न थालेको छ। इजराइलको तेल्हबी र महत्वपूर्ण ठाउँमा समेत मिसाइल आक्रमण गरी ब्यापक क्षति गराएको छ।
जसबाट इजराइलका प्रधानमन्त्री बेन्जामिन न्यातन्याहु समेत हायल कायल भएका छन्। इजरायलका सारा मानिसहरू बंकर भित्र लुकेको धेरै भइसक्यो। कैयौँ मानिसहरू देश छोड्न खुट्टैले हिडेर पहाड उक्लिरहेकाछन्।
विश्व भरि ग्यास र कच्चा तेल ढुहानी गर्ने हर्मुज जलमार्गमा इरानले प्रहार गरिरहेको छ। हर्मुज जल डम्मरुको घाँटी हुँदै जाने जुनसुकै जहाजलाई पनि नछोडिने घोषणा गरेपछि विश्वभरिका देशहरुमा हाहाकार मच्चिएको छ।
एकातिर विश्वभरि तेल र ग्यास आपूर्तिमा संकट उत्पन्न भएको छ भने अर्कातिर अमेरिकी बेस क्याम्पहरुमा तीव्र रुपमा मिसाइल र ड्रोन हमलाहरू भएकाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अहिले सोच्न बाध्य भएका छन्।
सुरुका दिनहरूमा उनले भनेका थिए- इरानमा तीन दिनमा त्यहाँको सत्ता कायापलट हुनेछ।” उनको यही बुझाइका कारण इरानका सर्वोच्च नेता तथा उच्च अधिकारीहरूको हत्या उनीहरूबाट भएको थियो।
तर ट्रम्पको सोचाइ विपरीत सर्वोच्च नेताको मृत्युपछि उनका छोरा आयतोल्ला अराफी नियुक्त भए। इरान माथिको यो हमलापछि देसका सारा जनता हमलाकारीहरू विरुद्ध एकजुट भएकाछन। ईरानी जनताहरूमा कुनै झगडा र विवाद छैन यसबेला।
सारा जनता देशभक्तिको भावनाले ओतप्रोत भएकाछन्। यसैले ट्रम्पको सत्ता परिवर्तनको कल्पना कल्पनामा मात्र सीमित भएको छ। ट्रम्प आतिएका छन आजकाल। इरानको हतियार भण्डार दुई तीन दिनमा सकिहाल्छ भन्ने कल्पना गरेका ट्रम्प अचम्मित भएका छन्।
वास्तवमा इरानले त इराकसँगको ऐतिहासिक युद्धपछि नै चट्टानी पहाडको सयौँ फीट मुनि मिसाइल र ड्रोनको शहर नै स्थापित गरिसकेका रहेछन्। इरानसँग लामो दुरी मध्यम दुरी र छोटो दुरीका क्षेप्यास्त्रहरू रहेको खुल्न आएको छ। लामो दुरीमा २००० देखि ३२०० किलोमिटर सम्म टाढा हान्न सक्ने Balestic क्षेप्यास्त्र हरू छन्।
मध्यम दूरीमा १५०० देखि २००० किलोमिटरसम्म हान्न सक्ने र छोटो दूरीमा १५० देखि ८०० किलोमिटरसम्म हान्न सक्ने छन्। यी हतियारहरूले मध्यपूर्वका देशहरूमा तैनाथ सबै अमेरिकी क्याम्पहरुमा हान्न सक्षम देखिन्छन।वर्षौंसम्म लड्न पुग्ने हतियारहरूको तागत इरानसँग भएको देख्दा सबै चकित छन आजकाल।
लडाकु विमानहरू त इरानसँग छैन नै तर मिसाइल र ड्रोनको आक्रमणले शत्रुलाई आजित बनाएको छ। कैयौँ क्षेप्यास्त्र र ड्रोन हमलाले अमेरिकी र इजरायलीको प्रतिरक्षा प्रणालीलाई पनि नाकाम सिद्ध गरिदिएको छ।
रुसले पनि चार सय वायु रक्षा प्रणाली र महत्वपूर्ण खुफिया जानकारी इरानलाई सेयर गरेको रिपोर्टहरू सार्वजनिक भएका छन्। चीनले इरानलाई उन्नत हाइपरसोनिक एन्टी- सिप मिसाइल उपलब्ध गराएको बताइएको छ। मिसाइलहरू अमेरिकी विमानबाहक पोतलाई लक्षित गर्न सक्षम रहेको उल्लेख गरिएको छ।
यतिखेर इरानका विदेशमन्त्री अब्बास अरघचीले स्ट्रेट अफ होर्मुज पूर्णरुपमा बन्द नभएको र अमेरिका तथा इजरायलका जहाजलाई मात्र रोक लगाइएको बताएका छन्। इरानका विदेशमन्त्री अरघचीले सुरक्षाका कारण मात्रै धेरै जहाजहरूले स्ट्रेट अफ होर्मुजको मार्ग प्रयोग नगरेको हो। केही जहाजहरू आवतजावत गरिरहेको बताए।
इन्धन ढुवानीमा अवरोध गरेको आरोपमा अमेरिकाले इरानको खार्ग द्वीपमा आक्रमण गरेको र इन्धन आपूर्ति जारी राख्न अरु विभिन्न देशले यु`द्धपोत पठाउन सक्ने बताएका छन्। यस्तो अवस्थामा इरानलेपनि अमेरिका र इजरायल बाहेकलाई बन्द नगर्ने भनेको छ। खार्ग द्वीपको क्षतिको जवाफ अब अमेरिकी भूमिमा नै दिने इरानले धम्की दिएकोछ।
केही दिनअघि इरानको एक विद्यालयमा भएको हवाई आक्रमणमा १६५ निर्दोष विद्यार्थीहरूको हत्या भएको कुरा खुलेको छ। विद्यार्थीहरूको अन्त्यष्टि गर्न बनाइएको सामूहिक चिहानले आजकल संसारलाई स्तब्ध र संवेदनशील बनाएको छ। अमेरिकी र इजरायली हमलाकारीहरुप्रति विश्व जनमानसमा घृणा जागेको छ।
अमेरिकी र इजरायली शक्ति यतिखेर एक्लो महसुस गर्दैछन्। किनकि युरोपियन युनियनका अधिकांश देशहरुले भेनेजुएला लगायत इरानको सार्वभौम अधिकारमा यो खालको ठाडो हस्तक्षेप राम्रो भएन भनी साथ नदिने भन्दै पन्छिएका छन्। बेलायत र स्पेनका प्रधानमन्त्रीको पनि यस्तै भनाई आयो। क्यानडाले कुटनीतिक र शान्तिपूर्ण समाधानमा आफूले विश्वास गर्ने कुरा गरेको छ।
यस्तो बेलामा पनि भारतको प्रधानमन्त्री मोदीको विचार भने फरक देखियो। उनी आफ्नो मित्र देश रुसको सोचाइ विपरीत इजरायललाई समर्थन गर्न पुगेका छन्। यही बेला विशाल भारतको कुरा समेत गरेकाले दक्षिण एसियाका साना राष्ट्रहरू सन्दिग्न बनेका छन्।
नेपालले पनि यसलाई सकारात्मक रूपमा लिन सक्ने ठाउँ छैन। आजकल अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शान्तिपूर्ण समाधानको कुरा गर्न थालेका छन्। यो उनको हारको लक्षण भएको कुरा सहजै बुझ्न सकिन्छ।
दुई देशका फरक स्वार्थ
इरान माथि हमला गर्ने दुईवटा देशहरूको दुई फरक स्वार्थहरू स्पष्ट देखिन्छन्। इजरायलको स्वार्थ लेबनानको हजबुल्ला, यमनका हुती विद्रोही आदिलाई इरानले साथ दिएको हुनाले इरानमाथि हमला गरेको देखिन्छ। तर अमेरिकाको स्वार्थ छुट्टै छ। उसको स्वार्थ इरानको तेल भण्डार कब्जा गर्नु नै उसको मुख्य स्वार्थ हो।
डोनाल्ड ट्रम्प एउटा व्यापारी पनि हुन् यसैले उनले भेनेजुएलामा पनि तेलमा आँखा गाडे इरानमा पनि तेल भण्डारमै उनको स्वार्थ गाँसिएको देखिन्छ। इरानसँगको युद्ध नजित्ने लक्षण देखिसकेपछि अमेरिकाले बेकारमा इजरायलले आफूलाई युद्धमा फसाएको महसुस गर्दैछ।
निशाना फरक फरक
इरानले कुनै पनि सर्वसाधारण र मानव बस्ती भएको स्थानमा प्रहार गरेको त्यति पाइएको छैन। तर अमेरिका र इजरायलले विद्यालय जस्तो संवेदनशील स्थान र सर्वसाधारण बस्ने स्थानलाई समेत प्रहारको निशाना बनाउन छोडेको छैन।















Facebook Comment