टेनिस प्रतियोगितामा कमल थापाको विजयी शुरुवात

डिसी नेपाल
५ असोज २०७६ ६:५३

पोखरा । पोखरामा शनिबारबाट शुरु भएको एनआइसी एशिया बैंक नेपाल आइटीएफ सिनियर विश्व बरियता ग्रेड–४ टेनिस प्रतियोगितामा कमल थापाले विजयी शुरुआत गरेका छन्।

कास्की जिल्ला टेनिस सङ्घको आयोजनामा पोखरा रङ्गशालामा सञ्चालन भएको प्रतियोगिताको उद्घाटन खेलमा राप्रपाका अध्यक्ष एवम पूर्वउपप्रधानमन्त्री थापाले ५५ वर्षमाथिको एकलतर्फ भारतीय खेलाडी एसएन वशिष्ठलाई ६–० र ६–२ अङ्कले पराजित गरेका हुन् ।

यस्तै आजको अन्य खेलमा पोखराका भेट्रान खेलाडी अनिल तुलाचनले करिमुल्ला मुस्लिमलाई ६–०, ४–६ र ६–० अङ्कले पराजित गर्दै अर्को चरणमा प्रवेश गरेका छन्। यस्तै ४५ वर्षमाथिको उमेर समूहको प्रतिस्पर्धामा विमलकुमार गुरुङले कुलबहादुर तामाङमाथि ६–२ र ६–२ अङ्कको जित निकाले।

अर्को खेलमा उत्तम बोगटीलाई पोखराका विकास गुरुङले ६–३ र ६–१ अङ्कले हराए । यसैगरी ३५ वर्षमाथिको उमेर समूहमा सञ्जयप्रकाश श्रेष्ठले अनिषसिंह गुरुङलाई ६–३ र ६–० अङ्कले पराजित गरे। अर्को खेलमा अशोक गुरुङ घाइते भएका कारण पोखराका विकास गुरुङले अर्को चरण प्रवेश गरे।

प्रतियोगितामा नेपाल र भारतका विभिन्न उमेर समूहका ५२ खेलाडी सहभागी छन् । यसअघि प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले टेनिस प्रतियोगिताले पोखराको खेल पर्यटनमा महत्वपूर्ण योगदान पुर्याएको बताए ।

टेनिस सङ्घका अध्यक्ष दोर्जे लामाले वर्षेनी आयोजना गरिने प्रतियोगिताले टेनिसको विकास र विस्तारसँगै पर्यटन प्रवद्र्धन हुने विश्वास व्यक्त गरे । प्रतियोगिता असोज ८ गतेसम्म चल्नेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *