साफ यू–१८ः भुटानविरुद्ध नेपालको परिक्षा, जित निकाले सेमिफाइनलमा
Photo: ANFA
काठमाडौं । साफ यू–१८ फुटबल च्याम्पियनसिपमा आज नेपाल र भुटान भिड्दै छन्। समुह एमा रहेको नेपालले समुह चरणको अन्तिम खेलमा भुटानसंग खेल्न लागेको हो।
काठमाडौंको हलचोकस्थित एपीएफको मैदानमा हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ। भुटान प्रतियोगितामा आफ्नो पहिलो खेल खेल्दैछ। भुटानलाई हराउँदै प्रतियोगिताको सेमिफाईनल पुग्ने अवसर नेपाललाई प्राप्त छ।
समुह चरणको पहिलो खेलमा नेपालले माल्दिभ्ससंग १–१ गोलको बराबरी खेलेको थियो। समुह चरणमा माल्दिभ्स र नेपालको समान १ अंक छ। भुटानलाई हराएको अवस्थमा नेपाल सेमिफाईनल पुग्नेछ। बराबरी वा हारको नतिजाले अघिल्लो चरण प्रवेशको सम्भावना कठिन बन्न सक्नेछ।
पछिल्लो समय युवा परियोजना र ग्रासरुट फुटबलमा ठुलो लगानी गरिरहेको भुटान अन्तराष्ट्रिय फुटबलमा खराब नतिजाको छबी बदल्ने अभियानमा छ। नेपाल समेत उमेर समुहको साफको अघिल्ला दुई संस्करणको विजेता हो । घरेलु मैदानमा भएको प्रतियोगिता जित्दै नेपाल उपाधिमा ह्याट्रिक गर्ने दाउमा छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment