नेपाल बैंक र ताजा बेकरी उद्योगबीच सम्झौता

डिसी नेपाल
१२ चैत २०८२ १३:५२

काठमाडाैं। नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरूलाई काठमाडौंको चावहिल, मुलपानी, पुतलीसडक, गल्कोपाखा, क्षेत्रपाटी, लगनटोल र सितापाइलामा अवस्थित ताजा बेकरी उद्योगद्वारा उत्पादित बिभिन्न बेकरी वस्तुहरुका खरिद गर्दा लाग्ने शुल्कमा नेपाल बैंकको मोबाईल बैंकिङ एपबाट रकम भुक्तानी गर्दा न्यूनतम रु. ५०० को खरिदमा बिल रकममा १० देखि १५ प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको छ।

उक्त सम्झौता पत्रमा मिति २०८२ साल चैत्र ११ गते बैकको तर्फबाट बजारीकण तथा अनुसन्धान डिभिजन प्रमुख निर्मल सुवेदी र ताजा बेकरी उद्योगको तर्फबाट प्रबन्ध निर्देशक राम कुमार श्रेष्ठले हस्ताक्षर गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *