अन्तिम खेलमा कीर्तिमानी ब्याटिङ गर्दै जिम्बावेका कप्तानले क्रिकेटबाट लिए बिदा
एजेन्सी । जिम्बावेका कप्तान ह्यामिल्टन मासाकाड्जा अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिएका छन्। शुक्रबार अफगानिस्तान विरुद्ध आफ्नो करियरको अन्तिम खेल खेलेका उनले शानदार ब्याटिङ गर्दै टिमलाई जित दिलाएका थिए।
जिम्बावेको लागि टि–२० अन्तर्राष्ट्रियमा सर्वाधिक रन बनाएका मासाकाड्जाले ३८ टेस्ट, २०९ एकदिवसीय र ६६ टि–२० खेल्दै क्रमशः २ हजार २ सय २३, ५ हजार ६ सय ५८ तथा १ हजार ६ सय ६२ रन बनाए। ३६ वर्षीय मासाकाड्जाले सन् २००१ मा टेस्ट र एकदिवसीयमा डेब्यु गरेका थिए।

सिरिज अन्तर्गत यस अघि ३ वटा खेलमा हार बेहोर्दै जिम्बावे फाइनल पुग्न असफल भैसकेको छ। अफगानिस्तान र बंगलादेशले यस अघि २–२ वटा खेल जित्दै फाइनलमा स्थान सुरक्षित गरिसकेका छन्।
अन्तिम खेलमा सान्त्वना जित हात पार्ने क्रममा पहिले ब्याटिंग गर्दै अफगानिस्तानले दिएको १५६ रनको लक्ष्य जिम्बावेले ३ विकेट गुमाएर १९.३ ओभरमा पुरा गर्यो।

कप्तान मासाकाड्जाले सर्वाधिक ४२ बलमा ७१ रन बनाउदै जितको आधार तयार गरे। टि–२० अन्तर्राष्ट्रियमा अन्तिम खेल खेल्दा कुनै पनि ब्याट्सम्यानको यो सर्वाधिक योगफल हो। उनले ४ चौका र ५ छक्का प्रहार गरे।
No ads found for this position


डिसी नेपाल
Facebook Comment