पौडी टोली भारत प्रस्थान
काठमाडौं। नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीलाई मध्यनजर गर्दै नेपाली पौडी खेलाडीहरुले १० औं एसियाली उमेर समूह पौडी प्रतियोगितामा सहभागिता जनाउने भएका छन् । प्रतियोगिता भारतको बेंगलुरुमा सेप्टेम्बर २४ देखि अक्टोबर २ तारिखसम्म हुने छ । टोली आइतबार बैंगलुरु प्रस्थान गरेको छ ।
अनुभव सुब्बा, विकास कुमाल, दिपाङकर अवाले, गौरव लामा, सागर नायक, तेन्जिङ गुरुङ, नासिर हुसैन, उर्गेन महर्जन, जेविस पौडेल, शुभम् श्रेष्ठ, वेदज्ञराज जोशी, एर्भिन श्रेष्ठ, आदर्श कार्की, मोहित शाक्य, सोफिया शाह, टीसा शाक्य, अदिप्शा वैद्य, अनुष्का पोखरेल, युस्का महर्जन, अनुसिया तण्डुकार, श्रेवी महर्जन, उपास्ती महर्जन, दिया स्थापित, आज्मी शेरचन, डुवाना लामा, शिक्षा श्रेष्ठ, लुमना शाक्य र समिरा शोभा थापा आइतबार भारत प्रस्थान गरेका हुन्।
टोली नेतामा नेपाल पौडी संघका अध्यक्ष अशोक वज्राचार्य, व्यवस्थापकमा सागर शाक्य र दीपकसागर सिंह, प्रशिक्षकमा रत्नलाल महर्जन र नयना शाक्य, निर्णायकमा विजेन श्रेष्ठ, योगेन्द्रमान श्रेष्ठ, वैकुण्ठ प्रधान र विष्णु खड्का छन् । टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले आइतबारै एक कार्यक्रमबीच बिदाई गरे ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment