फिफा उत्कृष्ट खेलाडीको अवार्ड आज घोषणा हुने, मेस्सी, रोनाल्डो र भान डाइक प्रतिस्पर्धामा

डिसी नेपाल
६ असोज २०७६ १५:२३

काठमाडौं। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले वर्ष २०१९ का लागि दिने उत्कृष्ट खेलाडीको अवार्डमा क्रिष्टियानो रोनाल्डो, लियोनल मेस्सी र भर्जिल भ्यान डाइक प्रतिस्पर्धामा छन्।

नेपाली समयअनुसार सोमबार राति सवा १२ मा घोषणा हुने अवार्डमा उत्कृष्ट पुरुष खेलाडीसँगै उत्कृष्ट गोलका लागि दिइने पुसकास अवार्ड, उत्कृष्ट पुरुष गोलकिपर, उत्कृष्ट महिला गोलकिपर, उत्कृष्ट महिला टिम प्रशिक्षक, पुरुष टिम उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट महिला खेलाडी, फिफा समर्थक अवार्ड पनि दिइने छ।

पुरुष खेलाडीको अवार्डका लागि छानिएका उत्कृष्ट १० बाट अन्तिम तीनमा इटालियन क्लब युभेन्टसका क्रिष्टियानो रोनाल्डो, स्पेनिस क्लब बार्सिलोनाका लियोनल मेस्सी र इंग्लिस क्लब लिभरपुलका भर्जिल भ्यान डाइक छन्। गएको वर्षका विजेता स्पेनिस क्लब रियल मड्रिडका मिडफिल्डर लुका मोडरिक भने यस वर्ष उत्कृष्ट १० मा समेत पर्न सकेका थिएनन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *