खुम्बुमा जलवायु न्यायका लागि विज्ञको ऐतिहासिक छलफल, हिमाल जाेगाउन दिए यस्ताे सुझाव
सोलुखुम्बु। गाेक्याे ।जलवायु परिवर्तनका बढ्दो असरबारे प्रत्यक्ष अध्ययन, बहस र समाधान खोज्ने उद्देश्यले खुम्बुको गाेक्याे बेस क्यापसमा साेमबार विशेष संवाद सम्पन्न भएकाे छ।
उक्त कार्यक्रममा हिमनदी विज्ञ अरूणभक्त श्रेष्ठले हरितगृह ग्यासको वृद्धि र त्यसबाट उत्पन्न जलवायु परिवर्तन भएको उल्लेख गर्दै सन् २०२३ यता तापक्रम वृद्धि, हिमनदी पग्लिने दरमा तीव्रता, पानीका मुहान सुक्दै जानु र अनियमित वर्षाजस्ता समस्याले अवस्था अझ गम्भीर बनेकाे बताए। उनले भने, “जलवायु परिवर्तन बुझ्न विज्ञान मात्र पर्याप्त छैन, स्थानीय समुदायको ज्ञानसँग जोड्न सके मात्र दिगो समाधान सम्भव हुन्छ।”
गाेक्याे क्याङमिट समिटका क्रम मा खुम्बु पुगेका ३१ जना विज्ञ,अनुसन्धानकर्ता, सामाजिक अभियन्ता र सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागितामा साथसाथै संस्थाले उक्त संवाद आयाेजना गरेकाे हाे। साेही कार्यक्रम मा सहभागी हुदैँ नवीकरणीय ऊर्जाका अनुसन्धानकर्ता कुशल गुरुङले दाउराको प्रयोग घट्दै गए पनि दिगो ऊर्जातर्फको संक्रमण अझ तीव्र हुनुपर्नेमा जोड दिए। उनले साेलार सहितकाे वैकल्पिक उर्जामा सबैले जाेड दिनुपर्ने सुझाव दिए।
यस्तै छलफमा बा्ल्दै जेन्डर अनुसन्धानकर्ता समा श्रेष्ठले जलवायु परिवर्तनकाे प्रत्यक्ष असर महिला तथा बालबालिकामा बढी पर्ने बताए। साथै प्रजनन स्वाथ्यमा बढी प्रभाव पर्ने भएकाले सरकारले महिलाकाे सवालमा विशेष नीति बनाउनु पर्ने कुरालाई जाेड दिइन्।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य तथा पूर्व उपसभामुख इन्दिरा राना मगर, सामाजिक अभियन्ता टासी लाजुम, सगरमाथा आराेही तेम्बाछिरी शेर्पा तथा सञ्चारकर्मीहरू सहितकाे सहभागीता छ।
आयोजक संस्था साथसाथैकी अध्यक्ष प्रजिता कार्कीका अनुसार, “यो कार्यक्रम केवल छलफलका लागि मात्र होइन, हिमाल जोगाउने दीर्घकालीन अभियानको आधार तयार गर्ने उद्देश्यका साथ आयोजना गरिएको बताइन्।
विज्ञहरूकाे सुझाव सहित गाेक्याे घाेषणापत्र जारी गरेर विभिन्न तहका सरकारलाई बुझाउने तयारी रहेकाे आयाेजक साथसाथैका संस्थापक सदस्य बालकृष्ण बस्नेतले जानकरी दिए।
विश्व पृथ्वी दिवसकाे दिन वैशाख ९ गते टाेलीले विशेष घाेषणापत्र जारी गर्दै गाेक्याे क्याईमेट समिट गर्दैछ। याे कार्यक्रम लाई खुम्बु पासाङल्यामु गाउँपालिका, नेपाल पर्वतारोहण संघ, एनसीएल, बिधुतिय गाडी (बि वाई डि )सहितले सहकार्य गरेका छन्।







डिसी नेपाल







Facebook Comment