पाथीभरामा एकै महिनामा संकलन भयो एक करोड ६ लाखभन्दा बढी भेटी
ताप्लेजुङ। प्रसिद्ध धार्मिकस्थल पाथीभरा देवीस्थानमा पछिल्लो एक महिनाको अवधिमा एक करोड छ लाख २८ हजार भेटी संकलन भएको छ।
पाथीभरा क्षेत्र विकास समितिका अनुसार यो रकम गत वैशाख महिनामा मात्र संकलन भएको हो।
ताप्लेजुङमा अवस्थित यो तीर्थस्थलमा विशेषगरी चैत र वैशाख महिनामा भक्तजनको अत्यधिक चाप हुने गर्दछ।
सोही अनुसार वैशाखमा संकलित यो रकम अघिल्ला महिनाहरूको तुलनामा निकै बढी हो। समितिको तथ्यांक अनुसार गत चैत महिनामा ५८ लाख ५७ हजार ५०० भेटी संकलन भएको थियो भने फागुन महिनामा ३१ लाख १० हजार संकलन भएको थियो।
संकलित भेटीलाई समितिले पारदर्शी रूपमा गणना गरी सार्वजनिक गर्दै आएको छ। सिजन अनुसार भक्तजनको आगमनमा वृद्धि भएसँगै भेटी सङ्कलनमा पनि उल्लेख्य बढोत्तरी भएको समितिले जनाएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment