कास्की प्रहरीद्वारा एकैदिनमा २७ फरार प्रतिवादी पक्राउ

डिसी नेपाल
१ जेठ २०८३ २१:४४

गण्डकी। जिल्ला प्रहरी कार्यालय कास्कीले आज जिल्लाका विभिन्न स्थानबाट २७ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। विभिन्न मुद्दामा अदालतको फैसलाबाट दोषी ठहर भई सजाय भुक्तान नगरी फरार रहेका प्रतिवादीलाई कानुनी कारबाहीको दायरामा ल्याउन प्रहरीले नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा २० जना पुरूष र सात महिला रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए। उनका अनुसार चेक अनादर कसुरमा १२, सार्वजनिक अनादर कसुरमा पाँच, अंश मानाचामाल कसुरमा चार, बिगो लेनदनसम्बन्धी कसुरमा दुई, बैंकिङ कसुरमा दुई, सवारी ज्यान कसुर र अभद्र व्यवहारसम्बन्धी कसुरमा एक–एक जना पक्राउ परेका हुन्।

पक्राउ परेकाबाट चार वर्ष १५ दिन कैद सजाय र रु ४८ लाख एक हजार १८० जरिवाना असुल हुनेगरी कास्की जिल्ला अदालतमा बुझाइएको प्रनाउ बस्नेतले जानकारी दिए। पछिल्लो समय कास्की प्रहरीले फरार प्रतिवादीलाई धमाधम पक्राउ गर्दै आएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *