रामेछापको उमाकुण्ड गाउँपालिका बन्यो पूर्णखोपयुक्त गाउँपालिका
रामेछाप। रामेछापको उमाकुण्ड गाउँपालिका पूर्ण खोपयुक्त गाउँपालिका घोषणा भएको छ। शनिबार गाउँपालिकामा आयोजित एक कार्यक्रममा सो गाउँपालिकालाई पूर्ण खोपयुक्त गाउँपालिका घोषणा गरिएको हो।
गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारको अध्यक्षता तथा वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरको प्रमुख आतिथ्य तामा भएको कार्यक्रममा मन्त्री थापा र जनस्वास्थ्य कार्यालय रामेछापका प्रमुख विभु कुमार झाले गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितताको प्रमाणपत्र प्रदान गरेका हुने।
कार्यक्रममा बोल्दै मन्त्री थापाले समृद्ध प्रदेश निर्माणको लागि शिक्षा, स्वास्थ्य, पूर्वाधार हरेक क्षेत्रमा सुधार गर्न आवश्यक रहेको बताए। यसको लागि तीन वटै तहका सरकारले सहकार्य गरेर काम गर्नुपर्नेमा उनले जोड दिए। उनले वाग्मती प्रदेश सरकारले हरेक नागरिकको स्वास्थ्य क्षेत्रमा सहज पहुँचको लागि काम गरिरहेको बताए।
भौगोलिक हिसाबले विकट र प्रदेशको राजधानीबाट सबैभन्दा टाढा रहेको रामेछापको उमाकुण्ड गाउँपालिकाको विकासको लागि प्रदेश सरकारले विशेष कार्यक्रम बनाएर काम गर्ने उनले प्रतिबद्धता व्यक्त गरे। सो गाउँपालिकामा अलपत्र परेका योजनालाई अघि बढाउन प्रदेशका अन्य मन्त्रालयमा समेत आफूले कुरा गर्ने उनले बताए।
गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले महिला स्वास्थ्य स्वयंसेवीका, स्वास्थ्यकर्मी तथा जनप्रतिनिधि लगायतका साझा प्रयासले गाउँपालिका पूर्णखोपयुक्त भएको बताए। उनले अब उमाकुण्डमा खोप लगाउनु पर्ने उमेर समूहका कुनै पनि बालबालिका खोप लगाउनबाट नछुटेका उनले जानकारी दिए। यसलाई निरन्तर कायम राख्न निरन्तर रूपमा लाग्नु पर्नेमा उनले जोड दिए। कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेवीका लगायतका सहभागिता रहेको थियो।







डिसी नेपाल







Facebook Comment