लाक्पा शेर्पाको कीर्तिमान: ११औँ पटक सगरमाथा आरोहण गर्दै विश्वकै सफल महिला आरोही

डिसी नेपाल
३ जेठ २०८३ १२:४४

काठमाडौँ। विश्वप्रसिद्ध नेपाली पर्वतारोही लाक्पा शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको ११औँ पटक सफल आरोहण गरेकी छन्। यससँगै उनी सगरमाथाको सबैभन्दा धेरै पटक सफल आरोहण गर्ने महिला बनेकी छिन् ।

कामिरिता शेर्पाले ३२ औं पटक सगरमाथाको सफल आरोहण गरेर सबैभन्दा धेरै पटक आरोहण गर्ने व्यक्तिको नयाँ कीर्तिमान बनाएकै दिन लाक्पाको पनि कीर्तिमान बनेको हो । लाक्पाले कामिरिताले भन्दा ४२ मिनेट अगाडि यो कीर्तिमान बनाएकी हुन् ।

आज बिहान करिब ९:३० बजे सगरमाथाको चुचुरोमा पाइला टेक्दै लाक्पाले महिला पर्वतारोहीको तर्फबाट सर्वाधिक पटक सगरमाथा आरोहण गर्ने आफ्नै विश्वकीर्तिमान रचेकी हुन्।

यो अद्भुत उपलब्धिसँगै उनी सगरमाथाको शिखरमा सबैभन्दा बढी पटक पुग्ने इतिहासकै पहिलो महिला बनेकी छन्। सेभेन समिट ट्रेक्सका अनुसार, लाक्पाले आफ्नो अदम्य साहस, दृढ आत्मविश्वास र पर्वतारोहणप्रतिको अटुट समर्पणमार्फत विश्वभरका महिला तथा आरोहीहरूलाई निरन्तर प्रेरणा दिँदै आएकी छन्।

लाक्पा र कामिरिता दुवैको आरोहण व्वस्थापन एउटै एजेन्सी ‘सेभेन समिट ट्रेक्स’ले गरेको हो । उनको यो ऐतिहासिक सफलताले नेपाली पर्वतारोहणको इतिहासमा अर्को स्वर्णिम अध्याय थपेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *