एन्फाले माग्यो मादक पदार्थ सेवन गरी हो हल्ला गर्ने राष्ट्रिय खेलाडीसँग लिखित स्पष्टिकरण

डिसी नेपाल
१४ साउन २०७५ १५:५५

काठमाडौं । मादक पदार्थ सेवन गरी हो–हल्ला गर्ने राष्ट्रिय फुटबल टोलीका ५ खेलाडीलाई ७२ घण्टाभित्र स्पष्टिकरण दिन एन्फाले निर्देशन दिएको छ।

राष्ट्रिय टोलीका खेलाडीले मादक पदार्थ सेवन गरी हो–हल्ला गरेको समाचार सार्वजनिक भएपछि अखिल नेपाल फुटबल संघ एन्फाले ती खेलाडीको पहिचान गरी लिखित स्पष्टिकरणको माग गरेको हो ।

एन्फाले सोमबार विमल घर्तीमगर, अन्जन विष्ट, विशाल राई, हेमन्त थापा मगर र छिरिङ शेर्पालाई मौखिक स्पष्टिकरण सोधेको थियो । उनीहरुलाई सीसीटिभी फुटेजको आधारमा स्पष्टिकरण सोधिएको एन्फाका प्रवक्ता किरण राईले बताए ।

मौखिक रुपमा उनीहरुले स्पष्ट केहि नबताएकाले ७२ घण्टाको समय दिइएको राईको भनाई छ । यसैगरी एन्फाले राष्ट्रिय टोलीका प्रशिक्षक, होस्टल वार्डेन र सेक्युरिटी कम्पनीसँग पनि स्पष्टिकरण लिने निर्णय गरेको प्रवक्ता राईले छ ।

एसियाड गेम्स र साफ च्याम्पियन्सीपको बन्दसत्रमा रहेका बेला राष्ट्रिय टोलीका खेलाडीहरु मादक पदार्थ सेवनगर्दै हिड्नु दुखदायी विषय भएको एन्फाका प्रमुख कर्माछिरिङ शेर्पाले बताएका छन् । उनीहरुमाथि स्पष्टिकरणपछि आवश्यक कारवाहि गर्ने जनाइएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *