सुन र चाँदीको भाउमा गिरावट: सुन तोलामा १३ सय र चाँदी ९० रुपैयाँले सस्तियो

डिसी नेपाल
१२ जेठ २०८३ ११:४९

काठमाडौं। घरेलु बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार ३ सय रुपैयाँले घटेको छ।

मूल्य घटेसँगै महासंघले आजका लागि छापावाल सुनको बजार भाउ प्रतितोला २ लाख ९१ हजार ५ सय रुपैयाँ निर्धारण गरेको छ।

यसअघि सोमबार सुन प्रतितोला २ लाख ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो भने गत हप्ताको मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ९५ हजार ३ सय रुपैयाँ रहेको थियो।

सुनसँगै आज चाँदीको मूल्यमा पनि ठूलो गिरावट आएको छ । महासंघले आजका लागि चाँदीको भाउ तोलामा ९० रुपैयाँले घटाउँदै प्रतितोला ५ हजार ६० रुपैयाँ तोकेको छ।

अघिल्लो दिन सोमबार बजारमा चाँदी प्रतितोला ५ हजार १५० रुपैयाँमा कारोबार भएको थियो । गत हप्ताको मंगलबार भने चाँदीको भाउ प्रतितोला ५ हजार ८५ रुपैयाँ कायम रहेको महासंघको तथ्यांकले देखाउँछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *