गर्मी र उकुसमुकुसबाट राहत पाउन ब्ल्याक, डेकरका आधुनिक जुसर र ब्लेन्डर बजारमा

डिसी नेपाल
१२ जेठ २०८३ १३:२९

काठमाडौँ, जेठ । बढ्दो तापक्रम र प्रि-मनसुनको अत्यधिक उकुसमुकुस (ह्युमिडिटी) का कारण अहिले आम नागरिकलाई दैनिक कामकाज गर्न र बाहिर निस्कन निकै असहज भइरहेको छ ।

यस्तो अत्यधिक गर्मीको समयमा शरीरलाई डिहाइड्रेसन (जलांशको कमी) बाट जोगाउन र निरन्तर ऊर्जावान् राखिराख्न ताजा झोलिलो पदार्थको उपभोग अत्यावश्यक हुन्छ ।

उपभोक्ताहरूको यही मौसमी आवश्यकता र स्वास्थ्यलाई मध्यनजर गर्दै सिजी इलेक्ट्रोनिक्स अन्तर्गतको विश्वविख्यात ब्रान्ड ब्ल्याक + डेकर (BLACK+DECKER) ले अत्याधुनिक जुस एक्स्ट्र्याक्टर र ब्लेन्डरहरू नेपाली बजारमा ल्याएको छ ।

गर्मी छल्ने बहानामा बजारमा पाइने कृत्रिम, केमिकल मिसाइएका र अत्यधिक चिनीयुक्त पेय पदार्थ पिउनुभन्दा आफ्नै भान्सामा तयार पारिएको ताजा जुस स्वास्थ्यका लागि सधैँ फाइदाजनक र स्वास्थ्यवर्द्धक हुन्छ ।

ग्राहकहरूको यही दैनिक आवश्यकतालाई थप सहज, सुरक्षित र छिटो बनाउने उद्देश्यले ब्ल्याक + डेकरले विशेष प्रिमियम सुविधायुक्त उपकरणहरू डिजाइन गरेको हो ।

समयको बचत र सहज रूपमा जुस निकाल्नका लागि ब्रान्डले ‘JE800-B5’ मोडलको प्रिमियम जुसर बजारमा ल्याएको छ, जसमा ८०० वाटको शक्तिशाली मोटर जडान गरिएको छ ।

यस जुसरमा ७५ एमएमको ठूलो फिडिङ ट्युब (75mm XL feeding chute) रहेकाले फलफूललाई साना टुक्रा पारिरहनु पर्दैन, सिङ्गै राखेर तुरुन्तै जुस निकाल्न सकिन्छ । यसले भान्साको कामलाई निकै छिटो र सहज बनाउन मद्दत गर्दछ ।

त्यसैगरी, व्यस्त जीवनशैली भएका र फिटनेस रुचाउनेहरूका लागि ३०० वाटको ‘SBX300-B5’ पर्सनल स्पोर्ट्स ब्लेन्डर उपयोगी हुनेछ ।

यसमा उपलब्ध ५०० एमएलको ट्राइटन स्पोर्ट्स बोटलमै (500ml Tritan sports bottle) सिधै स्मुदी वा जुस बनाएर सिधै अफिस वा जिम लैजान सकिने सुविधा छ ।

पूरै परिवारका लागि चिसो पेय तयार पार्न ७०० वाटको हाई-स्पिड मोटर र १ दशमलव ७ लिटरको सुरक्षित ग्लास जार भएको ‘BX650G-B5’ ब्लेन्डर उपयुक्त छ, जसले एकैपटकमा धेरै परिमाणमा पेय तयार गर्न सक्छ ।

नेपाली इलेक्ट्रोनिक्स बजारमा ४० वर्षभन्दा बढी समयदेखि अग्रणी भूमिका निर्वाह गर्दै आएको सिजी इलेक्ट्रोनिक्सले देशभर रहेका आफ्ना २८ वटा अत्याधुनिक सिजी डिजिटल तथा एलजी ब्रान्ड शप शोरुमहरू, विस्तृत आधिकारिक विक्रेता सञ्जाल र अनलाइन (cgdigital.com.np) मार्फत यी उपकरणहरू सुलभ तरिकाले उपलब्ध गराएको छ ।

ब्ल्याक + डेकरका यी उत्पादनहरूमा ग्राहकहरूले २४ महिना (२ वर्ष) को विस्तृत वारेन्टी पाउनेछन् । सिजी इलेक्ट्रोनिक्सको देशव्यापी बलियो सर्भिस नेटवर्कले बिक्री पछिको उत्कृष्ट सेवा समेत सुनिश्चित गरेको छ । बढ्दो गर्मीको समयमा प्रशस्त पानी र ताजा जुस पिएर आफ्नो शरीरलाई स्वस्थ राख्न र आवश्यक स्वास्थ्य सतर्कता अपनाउन सिजी इलेक्ट्रोनिक्सले सम्पूर्ण उपभोक्ताहरूमा अनुरोध समेत गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *