नेपाल टेलिकमको ‘गणतन्त्र दिवस अफर २०८३’ सार्वजनिक, आकर्षक इन्टरनेट प्याकेज उपलब्ध
काठमाडौं। नेपाल टेलिकमले गणतन्त्र दिवस २०८३ को पावन अवसरमा आफ्ना ग्राहकहरूका लागि विशेष ‘गणतन्त्र दिवस अफर २०८३’ सार्वजनिक गरेको छ। कम्पनीले प्रिपेड तथा पोस्टपेड मोबाइल ग्राहकहरूलाई लक्षित गर्दै आकर्षक डेटा प्याकेजहरू ल्याएको हो।
टेलिकमका प्रवक्ता डा. कमल लामिछानेका अनुसार यस अफर अन्तर्गत ग्राहकहरूले ‘अनलिमिटेड लाइट र अनलिमिटेड प्राे’ र ‘न्यू इयर प्रिमियम’गरी दुई प्रकारका विशेष प्याकेजहरू खरिद गर्न सक्नेछन्।
अनलिमिटेड लाइट र अनलिमिटेड प्राे : यो प्याकेज अन्तर्गत ग्राहकले मात्र रु. ४९९ मा प्रतिदिन ५ जीबी डेटा प्राप्त गर्नेछन्। दैनिक ५ जीबीको सीमा सकिए पनि बाँकी समय २ एमबीपीएसको उच्च गतिमा अनलिमिटेड डेटा प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ।
न्यू इयर प्रिमियम प्याकेज: यो प्याकेज अन्तर्गत ग्राहकले रु. ६९९ मा प्रतिदिन १० जीबी डेटा पाउनेछन्। दैनिक १० जीबी डेटा सकिएपछि पनि बाँकी समय ३ एमबीपीएस (3 Mbps) को स्पीडमा अनलिमिटेड डेटा चलाउन पाइनेछ।
यो अफर अन्तर्गतका दुवै प्याकेजहरूको समयावधि ३० दिन (एक महिना) को हुनेछ। यो अफर भोलि जेठ १४ गतेदेखि जेठ १६ गतेसम्म मात्र खरिद गर्न सकिनेछ। पोस्टपेड मोबाइल प्रयोगकर्ताहरूको हकमा यो प्याकेजको शुल्क मासिक रेन्टल चार्ज मै समावेश हुने टेलिकमले स्पष्ट पारेको छ।
गणतन्त्र दिवस अफर लिनका लागि ग्राहकहरूले जेठ १४ देखि १६ गतेभित्र आफ्नो मोबाइलबाट *1415*11# डायल गर्नुपर्नेछ। यसका साथै, ‘नेपाल टेलिकम एप’ (Nepal Telecom App) मार्फत पनि सहजै यो प्याकेज खरिद गरी सुचारु गर्न सकिने प्रवक्ता डा. लामिछानेले जानकारी दिएका छन्।







डिसी नेपाल







Facebook Comment