अन्तर्घात की सरकारको अलोकप्रियता ? एकपछि अर्को पराजय व्यहोर्दै नेकपा

डिसी नेपाल
१० असोज २०७६ ७:२९

काठमाडौं। गत संसदीय निर्वाचनमा पराजित भएपछि नेकपा नेता बामदेव गौतमले सांसद बन्ने धेरै रहर गरे। कहिले उनी डोल्पाबाट चुनाव लड्ने इच्छा व्यक्त गर्थे भने कहिले काठमाडौं सातबाट चुनाव लडेर सांसद बन्ने इच्छा व्यक्त गरे। तर उनको प्रयास सफल हुन सकेको थिएन।

पछिल्लो समय प्रधानमन्त्री ओलीका विश्वास पात्र बन्न सफल नेता गौतमलाई नेकपाले कास्की दुईबाट निर्वाचन लड्न आग्रह गर्यो। तर बामदेव गौतमले सचिवालय बैठकमा आफू कास्की दुईबाट निर्वाचन नलड्ने घोषणा गरे।

गौतमलाई सांसद बन्ने इच्छा नभएर होइन, उनी पार्टीभित्र हुने अन्र्तघात देखि डराएको नेकपा नेताहरु बताउँछन्। गत संसदीय निर्वाचनमा बाम गठबन्धन नेपाली कांग्रेस भन्दा करिव २८ हजार मतले अगाडि थियो, तर त्यहाँ गौतम करिव आठ सय मतले पराजित बन्न पुगे। त्यसपछि गौतमले आफू अन्र्तघातको शिकार भनेको गुनासो गर्दै आएका छन्।

त्यही भएर गौतम अहिले कास्कीबाट चुनाव लड्न हच्किएका हुन्। अझ पछिल्लो समयमा सरकारको लोकप्रियता घटेको र नेकपाप्रति जनआकर्षण घटेको अवस्थामा गौतमले फरि अर्को रिस्क लिन नचाहेको नेकपा नेताहरु बताउँछन्।

पछिल्लो समय भएका केही व्यावसायिक संगठनका निर्वाचनमा भने सत्तारूढ दलनिकट समूह नराम्ररी पराजित भएका छन्। केन्द्रमा मात्रै नभई सातवटा प्रदेशमध्ये ६ वटामा सरकारको नेतृत्व गर्दै आएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट व्यावसायिक संगठनहरूले धमाधम पराजय व्यहोरेका छन्।

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्लादेखि अर्का अध्यक्ष प्रचण्डको गृह जिल्लामा समेत नेकपानिकट व्यावसायिक संगठन पराजित भएका छन्।

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्लादेखि अर्का अध्यक्ष प्रचण्डको गृह जिल्लामा समेत नेकपानिकट व्यावसायिक संगठन पराजित भएका छन्।

मंगलबार भएको वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनमा नेकपा निकट प्यानल नै पराजित भयो। निर्वाचनमा लोकतान्त्रिक समूहका विष्णुप्रसाद गैरेसहितको प्यानल विजयी भएको छ। नेकपा र संघीय समाजवादी पार्टीनिकट व्यवसायीका तर्फबाट अध्यक्षका उम्मेदवार बनेका सरोजकुमार पोखरेल पराजित भए।

दुई ठूला कम्युनिस्ट पार्टीबीच एकता भई सत्तारुढ नेकपाले विशाल आकार लिएको अवस्थामा अर्को सत्तारूढ घटक संघीय समाजवादी पार्टीको समेत समर्थनमा साझा प्यानल बनाएको अवस्थामा पोखरेलको टिम पराजित भयो।

यसअघि, दमकमा भएको उद्योग वाणिज्य संघको निर्वाचनमा नेकपानिकट प्रगतिशित व्यवसायी संगठनले हार व्यहोरेको थियो। भदौको दोस्रो साता भएको निर्वाचनमा प्रगतिशील समूहका विमल खतिवडालाई पराजित गर्दै लोकतान्त्रिक समूहका गोकुल श्रेष्ठ अध्यक्षमा विजयी भएका थिए।

अध्यक्षसहित विभिन्न ११ पदमा लोकतान्त्रिक समूह विजय हुँदा प्रगतिशील समूहले एक पदाधिकारी, एक लेखा संयोजक गरी १० पद जितेको थियो।

अर्का अध्यक्ष प्रचण्डको गृह जिल्ला चितवनमा पनि नेकपा निकट व्यवसायीले पराजय व्यहोरेका छन्। भदौ अन्तिम साता भएको नेपाल निर्माण व्यवसायी संघ चितवनको चुनावमा लोकतान्त्रिक प्यानलका उमानन्द कँडेल (बाबुराम) ले प्रगतिशीलका छवि गौतमलाई फराकिलो मतले पराजित गरेका थिए।

यस्तै, ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) को निर्वाचनमा पनि नेकपा निकट उम्मेदवारले पराजय व्यहोरेका छन्। भदौ तेस्रो साता भएको निर्वाचनमा कांग्रेस निकट खुमबहादुर सुवेदीले अध्यक्ष पदमा प्रगतिशील समूहका अञ्जान थापालाई पराजित गरे।

वरिष्ठ उपाध्यक्ष, प्रथम उपाध्यक्ष, द्वितीय उपाध्यक्ष, कोषाध्यक्ष र सहकोषाध्यक्षमा पनि कांग्रेसनिकट उम्मेदवार नै विजयी भएका छन् । महासचिव र सचिवमा भने नेकपा निकट उम्मेदावार विजयी भए।

यसैगरी ठमेल पर्यटन विकास परिषद्को निर्वाचनमा पनि प्रजातान्त्रिक समूहका उम्मेदवार नै विजयी भए। जेठ अन्तिमतिर भएको निर्वाचनमा कांग्रेसका उम्मेदवार प्रकाशनरसिंह राणाले नेकपाका उम्मेदवार अर्जुनलाल प्रधानलाई पराजित गरेका थिए।

व्यावसायिक संगठनमा आफूनिकट समूहको लगातार पराजयपछि नेकपाभित्र बहस सुरु भएको छ। व्यावसायिक संगठनमा पराजय हुनुको कारण पार्टीभित्र खोज्न थालिएको छ।

नेकपाले भने पार्टीभित्र अन्र्तघातका घटना बढ्न थालेपछि बलियो संगठन र विशास आकार भएपनि धमाधम आफ्ना उम्मेद्वारले पराजित हुनु परेको भन्दै यस्ता विषयमा समीक्षा हुनुपर्ने आवाज उठ्न थालेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *