संखुवासभामा मध्यराति भूकम्प, आसपासका जिल्लामा समेत धक्का महसुस
काठमाडौं। संखुवासभालाई केन्द्रबिन्दु बनाएर गएराति भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार राति १ः३१ बजे संखुवासभाको च्याम्ताङ आसपास केन्द्रबिन्दु भएर ४ रेक्टर स्केलको भूकम्प मापन गरिएको हो।
भूकम्पको धक्का संखुवासभासहित आसपासका जिल्लामा समेत महसुस भएको जनाइएको छ। यद्यपि, भूकम्पबाट भएको सम्भावित क्षति वा मानवीय असरबारे तत्काल कुनै विवरण प्राप्त भएको छैन।
नेपाल भूकम्पीय दृष्टिले संवेदनशील क्षेत्रमा पर्ने भएकाले देशका विभिन्न भागमा समय–समयमा साना तथा मध्यम प्रकृतिका भूकम्पहरू आउने गरेका छन्। सम्बन्धित निकायले भूकम्पपछिको अवस्थाबारे निगरानी जारी राखेको जनाएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment