नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको ध्यक्षमा रामप्रसाद गैरेसहित संस्थापन प्यानलको जित

डिसी नेपाल
७ असार २०८३ ८:०५

काठमाडौं। नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १२औँ साधारणसभा तथा नयाँ कार्यसमिति चयनका लागि सम्पन्न निर्वाचनमा रामप्रसाद गैरे नेतृत्वको प्यानलले प्रभावशाली जित हासिल गरेको छ। निर्वाचन समितिका अनुसार अध्यक्षसहित कार्यसमितिका अधिकांश महत्त्वपूर्ण पदहरूमा संस्थापन समूहका उम्मेदवारहरूले भारी मतका साथ विजय प्राप्त गरेका हुन् ।

निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार एसोसिएसनको नयाँ अध्यक्ष पदमा रामप्रसाद गैरे १८६ मत प्राप्त गर्दै विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी किशोरकुमार केसीले ९५ मत मात्र सीमित हुनुपर्‍यो।

यसैगरी, प्रथम उपाध्यक्ष पदमा सुवर्ण लामा १७६ मतसहित विजयी भएका छन् भने उनका प्रतिस्पर्धी शिवकुमार कार्कीले ९७ मत प्राप्त गरे। द्वितीय उपाध्यक्ष पदमा हर्कबहादुर लिम्बु १५३ मत ल्याएर निर्वाचित हुँदा संस्थापन समूहकै अर्का उम्मेदवार विजयकुमार कार्कीले १२० मत प्राप्त गरे। त्यस्तै, तृतीय उपाध्यक्ष पदमा हिरादेवी बुढाथोकीले १६८ मतसहित जित हासिल गर्दा सोमबहादुर तामाङले १०१ मतमा चित्त बुझाए।

पार्टीको मुख्य जिम्मेवारी मानिने महासचिव पदमा सुमनराज पाण्डे १६८ मतसहित निर्वाचित भएबम छा् भने उाका प्रतिस्पर्धी अभिनयमान सिंह बस्नेतले ११२ मत पाए। सचिव पदमा हिमा गुरुङले १४० मत ल्याएर जित पक्का गर्दा नारायण भुसालले १३३ मत प्राप्त गरे। सहसचिव पदमा जगतबहादुर गुरुङ १५३ मतसहित निर्वाचित हुनुभएको छ भने उहाँका प्रतिस्पर्धी शिवप्रसाद चालिसेले १०८ मत प्राप्त गरे।

आर्थिक व्यवस्थापनको जिम्मेवारी रहने कोषाध्यक्ष पदमा भीममाया कार्की (कल्पना) १४१ मतसहित विजयी भएकी छन् भने उनकी प्रतिस्पर्धी राधा केसीले १२६ मत प्राप्त गरिन्। यसैगरी सह-कोषाध्यक्ष पदमा कैलाश पाठकले १८० मतको शानदार योगसहित जित हासिल गर्दा उनका प्रतिस्पर्धी दीपक खड्काले ९२ मत मात्र प्राप्त गरे। यो परिणामसँगै एसोसिएसनको आगामी कार्यकालका लागि गैरेको नेतृत्वमा नयाँ कार्यसमितिले व्यवसायीहरूको हकहितका लागि काम गर्ने जिम्मेवारी पाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *