विश्वकै नम्बर १ ब्रान्ड याडेआको शक्तिशाली इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’ नेपाली बजारमा सार्वजनिक, मूल्य ६ लाख ६० हजार
काठमाडाैं। विश्वकै नम्बर १ इलेक्ट्रिक दुईपांग्रे ब्रान्ड याडेआले आफ्नो बहुप्रतिक्षित उच्च प्रदर्शनयुक्त इलेक्ट्रिक मोटरसाइकल ‘याडेआ किनेस’ नेपाली बजारमा आधिकारिक रूपमा भित्र्याएको छ ।
नेपालका लागि याडेआको आधिकारिक वितरक कुजु नेपाल प्रा.लि.ले एक विशेष ‘किनेस अनुभव कार्यक्रम’ आयोजना गर्दै यस मोटरसाइकललाई सार्वजनिक गरेको हो ।
दैनिक आवतजावतमा केन्द्रित परम्परागत विद्युतीय दुईपांग्रे सवारीसाधनभन्दा फरक, यस मोटरसाइकललाई विशेषगरी गति, शक्ति, रोमाञ्चक राइडिङ अनुभव तथा आकर्षक प्रिमियम डिजाइनलाई प्राथमिकतामा राखेर विकास गरिएको कम्पनीले जनाएको छ ।
यस मोटरसाइकलको मुख्य विशेषता यसको उच्च प्रदर्शन र आधुनिक प्रविधि हो । यसमा ११ किलोवाट क्षमताको मिड–ड्राइभ मोटर जडान गरिएको छ, जसले ३०० एनएम टर्क उत्पादन गर्ने क्षमता राख्छ ।
कम्पनीका अनुसार यो मोटरसाइकलले शून्यदेखि ५० किलोमिटर प्रतिघण्टाको गति केवल ३ सेकेन्डमै हासिल गर्न सक्छ भने यसको अधिकतम गति १०० किलोमिटर प्रतिघण्टा रहेको छ ।
नेपालका विभिन्न भौगोलिक बनोट र सडकको अवस्थालाई ध्यानमा राखेर डिजाइन गरिएको यो बाइकले २० डिग्रीसम्मको उकालो सहजै पार गर्न सक्छ, जसका कारण यसलाई नेपालकै शक्तिशाली इलेक्ट्रिक मोटरसाइकलहरूमध्ये एक मानिएको छ ।
यसका साथै, बाइकमा ४.६ किलोवाट–घण्टा क्षमताको ब्याट्री प्रयोग गरिएको छ, जसलाई ४० भन्दा बढी सुरक्षा सुविधायुक्त स्मार्ट ब्याट्री व्यवस्थापन प्रणाली (BMS) ले सुरक्षित बनाएको छ ।
यस प्रणालीले ब्याट्रीको आयु बढाउनुका साथै सुरक्षित र विश्वसनीय सञ्चालन सुनिश्चित गर्दछ । आफ्नो प्रविधिगत उत्कृष्टता र उत्कृष्ट डिजाइनका कारण यस मोटरसाइकलले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित ‘रेड डट डिजाइन अवार्ड’ समेत प्राप्त गरिसकेको छ ।
नेपाली बजारमा याडेआ किनेसको अधिकतम खुद्रा मूल्य (एमआरपी) ६ लाख ६० हजार रुपैयाँ तोकिएको छ । उत्कृष्ट प्रदर्शन, नवीन प्रविधि र प्रिमियम राइडिङ अनुभव खोज्ने ग्राहकका लागि यो एउटा उत्कृष्ट विकल्प बन्ने कम्पनीको विश्वास छ ।
सन् २००१ मा स्थापना भई हाल संसारका १५० भन्दा बढी देशहरूमा आफ्नो बलियो उपस्थिति जनाइसकेको याडेआ लगातार ९ वर्षदेखि विश्वकै नम्बर १ इलेक्ट्रिक दुईपांग्रे ब्रान्डको रूपमा स्थापित छ । यो नयाँ मोडेलको आगमनसँगै नेपालको प्रिमियम इभी बजारमा आफ्नो पकड थप सुदृढ हुने कुजु नेपालको अपेक्षा छ ।







डिसी नेपाल







Facebook Comment