बौद्धस्थित भाट-भटेनी सुपर स्टोर बुधबारदेखि पुनः सञ्चालनमा आउने, ग्राहकलाई नियमित सेवा दिने प्रतिबद्धता
काठमाडौँ । काठमाण्डौँको बौद्धस्थित भाट-भटेनी सुपर स्टोर भोलि आषाढ १० गते बुधबारदेखि पुनः सञ्चालनमा आउने भएको छ।
केही समयको अन्तरालपछि स्टोर पुनः खुलेसँगै ग्राहकहरूका लागि दैनिक रूपमा नियमित सेवा प्रदान गरिने कम्पनीले आधिकारिक जानकारी दिएको छ।
भाट-भटेनी सुपरमार्केटका प्रमुख सञ्चालन अधिकृत पानू पौडेलका अनुसार स्टोरले भोलि बुधबारदेखि नै ग्राहकहरूका लागि आफ्नो नियमित र विशिष्ट सेवा उपलब्ध गराउने तयारी पूरा गरेको छ।
ग्राहकहरूको सहजता र सुविधालाई सदैव सर्वोपरि ठान्दै आधुनिक भौतिक पूर्वाधार तथा गुणस्तरीय सेवालाई निरन्तरता दिने प्रतिबद्धतामा कम्पनी दृढ रहेको समेत उनले प्रस्ट पारेका छन्।
स्टोर पुनः सञ्चालनमा आउन लागेको यस विशेष अवसरमा कम्पनीले आफ्ना सम्पूर्ण आदरणीय ग्राहकवर्ग, शुभेच्छुक तथा सरोकारवालाहरू प्रति हार्दिक आभार प्रकट गरेको छ।
साथै, भाट-भटेनी व्यवस्थापनले आगामी दिनहरूमा पनि आफ्ना ग्राहकहरूबाट विगतमा जस्तै निरन्तर साथ, शुभेच्छा, सहयोग र अगाध विश्वासको अपेक्षा राखेको जनाएको छ।







डिसी नेपाल







Facebook Comment