नबिल बैंकद्वारा ४४ हजार कित्ताभन्दा बढी संस्थापक सेयर बिक्री खुला, विद्यमान सेयरधनीलाई ३५ दिने म्याद
काठमाडाैं। नबिल बैंक लिमिटेडले विभिन्न संस्थापक समूहको स्वामित्वमा रहेको ४४ हजार ३७ कित्ता संस्थापक सेयर बिक्री गर्ने प्रक्रिया अगाडि बढाएको छ।
बैंकले एक सूचना प्रकाशित गर्दै हाल बिक्रीमा राखिएको उक्त सेयर खरिदका लागि पहिलो प्राथमिकता बैंकका विद्यमान संस्थापक सेयरधनीहरूलाई नै दिइने जनाएको छ।
बैंकका अनुसार यो अवसरको सदुपयोग गर्न इच्छुक संस्थापक सेयरधनीहरूले सूचना जारी भएको मितिले ३५ दिनभित्र आवश्यक कानुनी कागजातसहित बैंकको केन्द्रीय कार्यालयमा खरिद आवेदन पेस गर्नुपर्नेछ।
तोकिएको यस समयावधिभित्र वर्तमान संस्थापक सेयरधनीहरूबाट कुनै पनि आवेदन नआएमा प्रचलित कानुन तथा बैंकको नियमावलीबमोजिम उक्त सेयर सर्वसाधारण, अन्य व्यक्ति वा बाह्य कम्पनीहरूलाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले प्रस्ट पारेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment