सुनको बजारमा फेरि उछाल: एकैदिन तोलामा ४ हजार ७ सय रुपैयाँले बढ्यो भाउ

डिसी नेपाल
१४ असार २०८३ १०:५६

काठमाडौं। साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको मूल्यमा ठूलो उछाल आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुनको मूल्य प्रतितोला ४ हजार ७ सय रुपैयाँले बढेको हो। यो वृद्धिसँगै बजारमा सुनको भाउ हालसम्मकै उच्च विन्दु आसपास पुगेको छ।

अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार प्रतितोला २ लाख ७९ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आइतबार बढेर २ लाख ८३ हजार ८ सय रुपैयाँ पुगेको छ।

महासंघले अन्तर्राष्ट्रिय बजारको सुचकांक र डलरको मजबुतीका आधारमा यो नयाँ मूल्य निर्धारण गरेको हो। नेपालमा यसअघि गत जेठ महिनाको मध्यतिर सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनाउँदै प्रतितोला ३ लाख ११ हजारभन्दा माथिको विन्दु छोइसकेको थियो।

पछिल्ला केही हप्तायता ओरालो लाग्ने क्रममा रहेको सुनको भाउमा आइतबार पुनः ठूलो सुधार देखिएको हो।

महासंघका अनुसार छापावाला सुनसँगै तेजाबी सुनको मूल्यमा पनि सोही अनुपातमा वृद्धि भएको छ। आइतबारका लागि तेजाबी सुनको मूल्य प्रतितोला २ लाख ८१ हजार रुपैयाँभन्दा माथि कायम गरिएको छ।

सुनसँगै आइतबार चाँदीको मूल्यमा पनि उल्लेख्य वृद्धि भएको छ। शुक्रबार प्रतितोला ४ हजार १ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार तोलामा १ सय ४५ रुपैयाँले बढेको छ। यो वृद्धिसँगै नेपाली बजारमा चाँदी आज प्रतितोला ४ हजार ३ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ।

अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मागमा आएको उतारचढाव र डलरको विनिमय दरमा भएको फेरबदलका कारण नेपाली बजारमा पनि यसको प्रत्यक्ष असर देखिएको व्यवसायीहरूले बताएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *