लियोनेल मेस्सीको नयाँ कीर्तिमान: फुटबलको सफलतासँगै कुल सम्पत्ति १ अर्ब डलर पार
काठमाडौं । विगत दुई दशकभन्दा बढी समयदेखि विश्वकै सर्वोत्कृष्ट फुटबल खेलाडीका रूपमा स्थापित लियोनेल मेस्सी खेल कौशलका साथै विश्वकै सबैभन्दा धनी खेलाडीको सूचीमा समेत अग्रस्थानमा रहेका छन्।
अर्जेन्टिनाका कप्तान मेस्सीले जुलाई १५ बुधबारका दिन इङ्गल्याण्ड विरुद्धको सेमिफाइनल खेलमा अर्जेन्टिनाको नेतृत्व गर्दै सनसनीपूर्ण जितका साथ आफ्नो खेल जीवनमा तेस्रो पटक विश्वकपको फाइनलमा पुगेका छन् ।
सन् २००४ बाट व्यावसायिक फुटबल यात्रा सुरु गरेका ३९ वर्षीय मेस्सीले क्लब र राष्ट्रिय टोलीका तर्फबाट सम्भव भएसम्मका सम्पूर्ण ठूला उपाधिहरू जितिसकेका छन्। फुटबल इतिहासकै महान् खेलाडीका रूपमा स्थापित भइसकेका मेस्सीलाई धेरै विश्लेषकहरूले सर्वकालीन सर्वोत्कृष्ट खेलाडी मान्ने गरेका छन्।
बार्सिलोनामा १७ सिजन बिताएपछि सन् २०२१ मा पेरिस सेन्ट जर्मेन (पीएसजी) पुगेका मेस्सी दुई वर्षको फ्रान्स बसाइपछि सन् २०२३ मा अमेरिकी लिग (एमएलएस) को क्लब इन्टर मियामीमा आबद्ध भएका थिए।
मैदानभित्र कीर्तिमानको चाङ लगाएका यी अर्जेन्टिनी सुपरस्टारले यसै वर्ष मैदान बाहिर पनि एउटा ठूलो आर्थिक उपलब्धि हासिल गरेका छन्। प्रतिष्ठित व्यावसायिक पत्रिका ‘फोर्ब्स’का अनुसार मेस्सी आधिकारिक रूपमा अर्बपति बनेका छन् र उनको कुल सम्पत्ति १.१ अर्ब अमेरिकी डलर पुगेको छ।
खेल क्षेत्रको शीर्ष स्थानमा लामो समयसम्म कायम रहँदा प्राप्त भएको पारिश्रमिक र विभिन्न ब्राण्डहरूको विज्ञापन (एन्डोर्समेन्ट) का कारण मेस्सीले एक व्यावसायिक खेलाडीका रूपमा यो दुर्लभ वित्तीय उचाइ हासिल गरेका हुन्। अमेरिकी राज्य फ्लोरिडामा स्थानान्तरण भएयता उनको कुल सम्पत्तिमा तीव्र रूपमा वृद्धि भइरहेको छ।
इन्टर मियामीका यी स्टार खेलाडी सन् २०२६ मा २ करोड ८३ लाख डलरको सुनिश्चित भुक्तानीका साथ एमएलएसकै सबैभन्दा बढी पारिश्रमिक पाउने खेलाडी बनेका छन्। तर, यो पारिश्रमिक मेस्सीले संयुक्त राज्य अमेरिकामा गरिरहेको कुल आम्दानीको एक सानो हिस्सा मात्र हो।
यसबाहेक, इन्टर मियामी क्लबमा मेस्सीको स्वामित्वको हिस्सा (सेयर) समेत रहेको छ। गत मार्च महिनामा इन्टर मियामीका मालिक जर्ज मासले आफूले मेस्सीलाई प्रतिवर्ष करिब ७ देखि ८ करोड डलरसम्म भुक्तानी गर्ने गरेको खुलासा गरेका थिए।
यसका साथै, मेस्सीको ‘फ्यानाटिक्स’ र ‘एप्पल’ कम्पनीहरूसँग छुट्टै व्यावसायिक सम्झौताहरू रहेका छन्, जसअन्तर्गत उनले लिगको जर्सी तथा खेलकुद सामग्रीको बिक्री र डिजिटल स्ट्रिमिङ (लाइभ ब्रोडकास्ट) को सस्क्राइब बापत पनि ठूलो लाभांश प्राप्त गर्ने गर्दछन्।






डिसी नेपाल





Facebook Comment