सुनको मूल्यमा गिरावट: बिहीबारको तुलनामा प्रतितोला ३ हजार १०० रुपैयाँ घट्यो

डिसी नेपाल
१ साउन २०८३ ११:३१

काठमाडौं। नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्यमा उल्लेख्य गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ हजार १०० रुपैयाँले घटेर २ लाख ८२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि बिहीबार भने सुन प्रतितोला २ लाख ८५ हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो। यसैगरी, महासंघले आज १० ग्राम सुनको मूल्य २ लाख ४१ हजार ८ सय ५५ रुपैयाँ कायम गरेको छ।

सुनसँगै आज चाँदीको मूल्यमा पनि गिरावट दर्ता भएको छ। अघिल्लो दिन अर्थात् बिहीबार प्रतितोला ४ हजार ३ सय २५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज प्रतितोला १ सय २५ रुपैयाँले ओरालो लागेको हो।

मूल्य घटेसँगै आज बजारमा चाँदी प्रतितोला ४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ भने १० ग्राम चाँदीको मूल्य ३ हजार ६ सय १ रुपैयाँ निर्धारण गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *