झापाको अर्जुनधाराका १७ अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण

डिसी नेपाल
७ साउन २०८३ १३:४८

झापा। झापाको अर्जुनधारा नगरपालिका-११ लक्ष्मीधापका १७ जना अव्यवस्थित बसोबासीले जग्गाधनी दर्ता प्रमाण पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्।

जिल्ला भूमि समस्या समाधान समिति झापाद्वारा अर्जुनधारा नगरपालिकाको सभाहलमा आयोजित विशेष कार्यक्रममा झापा क्षेत्र नम्बर २ की प्रतिनिधिसभा सदस्य इन्दिरा रानाले उनीहरूलाई लालपुर्जा हस्तान्तरण गरेकी हुन्।

कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य रानाले वर्षौंदेखि आफ्नो थातथलोमा बसोबास गर्दै आएका नागरिकले कानुनी रूपमा जग्गाको स्वामित्व प्राप्त गर्नु ठूलो उपलब्धि र खुसीको विषय भएको बताइन्।

लालपुर्जा वितरणले नागरिकको सम्पत्तिमाथिको अधिकार सुनिश्चित गर्नुका साथै उनीहरूको आर्थिक तथा सामाजिक सुरक्षामा समेत महत्त्वपूर्ण टेवा पुग्ने उनले विश्वास व्यक्त गरिन्।

जिल्ला भूमि समस्या समाधान समिति झापाका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले सरकारले जारी गरेको निर्देशिका अनुसार लगत संकलन, पहिचान, स्थलगत अध्ययन तथा आवश्यक कानुनी प्रक्रिया पूरा गरेका वास्तविक लाभग्राहीलाई मात्र पुर्जा वितरण गरिएको स्पष्ट पारे

यस्तै, अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङले नगरवासीलाई जग्गाको स्वामित्व हस्तान्तरण गर्न पाउँदा खुसी लागेको बताए।

अर्जुनधारा वडा नम्बर ११ मा यसअघि नै १४४ जना अव्यवस्थित बसोबासीलाई पुर्जा वितरण गरिसकिएको छ।

नयाँ तथ्यांक अनुसार अर्जुनधाराका ११ वटै वडामा ७२९ भूमिहीन सुकुम्बासी, २१२ भूमिहीन दलित र छ हजार ३५९ अव्यवस्थित बसोबासी सूचीकृत रहेका छन्। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समितिका पदाधिकारी, कर्मचारी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *