मुखभित्र खैरो हेरोइन लुकाएर ल्याउँदै गरेका युवक झापामा पक्राउ

डिसी नेपाल
१० साउन २०८३ ११:०५

भद्रपुर (झापा)। लागूऔषध तस्करहरूले सुरक्षा निकायको जाँच छल्न नयाँ-नयाँ उपाय अपनाउन थालेका छन्। यसैक्रममा मुखभित्र खैरो हेरोइन लुकाएर भारतबाट नेपाल प्रवेश गर्दै गरेका एक युवकलाई झापा प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा झापाको अर्जुनधारा नगरपालिका-९ का २२ वर्षीय अरमान खान रहेका छन्।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी रञ्जन अवाका अनुसार शनिबार साँझ भारतबाट पैदल नेपालतर्फ आउँदै गरेका खानलाई शंका लागेर जाँच गर्दा उनको मुखभित्र प्लास्टिकमा पोको पारेर राखिएको अवस्थामा खैरो हेरोइन फेला परेको हो।

प्रहरीले निजलाई नियन्त्रणमा लिएर लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान अगाडि बढाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *