महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्सको प्रतिष्ठित ‘राइजिङ स्टार-ग्रोथ’ अवार्डबाट सम्मानित
काठमाडौं। ग्राहाकहरूलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ सुविधा उपलब्ध गराउँदै आएको महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्स (कोलकाता, भारत) को प्रतिष्ठित अवार्डबाट सम्मानित भएको छ। बैंकले “राइजिङ स्टार–ग्रोथ” (Rising Star-Growth) विधाअन्तर्गत उक्त अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेको हो।
गत २४ जुलाई २०२६ मा भारतको नयाँ दिल्लीमा आयोजित “चौथो इमर्जिङ एसिया बैंकिङ कन्क्लेभ एन्ड अवार्ड्स” (4th Emerging Asia Banking Conclave & Awards) कार्यक्रममा बैंकलाई सो सम्मान प्रदान गरिएको हो। बिमस्टेक (BIMSTEC) क्षेत्रमै अत्यन्तै प्रतिष्ठित मानिने उक्त बैंकिङ कन्क्लेभ तथा अवार्ड कार्यक्रममा भारत, श्रीलङ्का, नेपाल, म्यान्मार र बङ्गलादेशका प्रमुख बैंकहरूको सहभागिता रहेको थियो।
बैंकले डिजिटल बैंकिङ सेवाको विस्तार, नवीन वित्तीय उत्पादनहरूको विकास, व्यवसाय विस्तार, वित्तीय पहुँचमा वृद्धि तथा उत्तरदायी बैंकिङमा उत्कृष्ट कार्य गरेबापत यो अवार्ड प्राप्त गर्न सफल भएको हो। यसअघि गत वर्ष पनि बैंक “सम्पत्ति गुणस्तर” (Assets Quality) विधाअन्तर्गत सम्मानित भएको थियो। यस अन्तर्राष्ट्रिय सम्मानको प्राप्तिले अन्तर्राष्ट्रिय क्षेत्रमा बैंकको पहिचान थप सुदृढ र स्थापित गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ।
“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसात् गर्दै नेपाली जनताको घरदैलोमा निरन्तर रूपमा गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले हालै काठमाडौँको ज्ञानेश्वर (वडा नं. ३०) मा ‘कॉफी लाउन्ज’सहितको आधुनिक डिजिटल हब सञ्चालनमा ल्याएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment