जापानमा अत्याधिक गर्मी, तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि
एजेन्सी। जापानका केही क्षेत्रमा अत्याधिक गर्मीका कारण जनजीवन अस्तव्यस्त बनेको छ। मौसम एजेन्सीका अनुसार देशमा लगातार पाँचौँ दिन तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ।
जापान मौसम विज्ञान एजेन्सीका अनुसार शनिबार मध्य जापानका ६ वटा सहरमा तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा माथि पुगेको थियो।
तीमध्ये टोकाइ क्षेत्रका चारै प्रान्त-शिजुओका, गिफु, मिए र आइची-समावेश छन्। सन् २०१० देखि तुलनात्मक तथ्याङ्क उपलब्ध हुन थालेयता, लगातार पाँच दिनसम्म ४० डिग्री वा सोभन्दा बढी तापक्रम मापन भएको यो सबैभन्दा लामो अवधि हो।
मिए प्रान्तको कुओआना सहरमा तापक्रम ४०.६ डिग्री सेल्सियस पुगेको थियो। गिफु प्रान्तमा मिनो सहरमा ४०.८ डिग्री सेल्सियस र ताजिमी सहरमा ४०.७ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको छ।
त्यस्तै, शिजुओका प्रान्तको हमामात्सु सहरमा ४०.३ डिग्री सेल्सियस र आइची प्रान्तको टोयोटा सहरमा ४०.० डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो।
यसैबीच, शिजुओकाको उत्तरपूर्वमा रहेको यामानाशी प्रान्तको कोफु सहरमा पनि ४०.० डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको छ। (सीसीटीभीप्लस)
No ads found for this position


डिसी नेपाल
Facebook Comment