सुनको मूल्य तोलामा ४ हजार ३०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो

डिसी नेपाल
१२ साउन २०८३ ११:२२

काठमाडौं। नेपाली बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्यमा ठूलो गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मङ्गलबार सुनको मूल्य तोलामा ४ हजार ३०० रुपैयाँले घटेको हो।

मूल्य घटेसँगै आज छापावाल सुन प्रतितोला २ लाख ८४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि सोमबार सुन प्रतितोला २ लाख ८८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ। सोमबारको तुलनामा मंगलबार चाँदीको मूल्य प्रतितोला १३५ रुपैयाँले घटेको महासंघले जनाएको छ।

सोमबार प्रतितोला ४ हजार ४४५ रुपैयाँमा खरिदबिक्री भएको चाँदीको मूल्य मङ्गलबारका लागि भने ४ हजार ३१० रुपैयाँ कायम गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *