नेपाल टेलिकमले ल्यायो ‘मनसुन अफर २०८३’: भारी डाटा र नयाँ प्याकेजहरूसहित सापटी सुविधामा थप परिमार्जन
काठमाडौं। नेपाल टेलिकमले आफ्ना ग्राहकहरूका लागि विभिन्न आकर्षक प्याकेज तथा सुविधाहरू समेटेर ‘मनसुन अफर २०८३’ सार्वजनिक गरेको छ।
२०८३ साउन १२ गतेदेखि लागू भएको यस अफरअन्तर्गत केही नयाँ प्याकेजहरू थप गरिएका छन् भने पहिलेदेखि नै उपलब्ध लोकप्रिय प्याकेजहरूलाई पनि निरन्तरता दिइएको छ।
पोस्टपेड ग्राहकका लागि ३० दिनको समयावधिसहित ३६७ रुपैयाँमा ६ जीबी डाटा, ४०० मिनेट अल-नेट भ्वाइस र ५० वटा एसएमएस तथा ४९९ रुपैयाँमा १० जीबी डाटा, ५०० मिनेट भ्वाइस र १०० वटा एसएमएस पाइने प्याकेज उपलब्ध गराइएको छ।
त्यसैगरी ‘सजिलो अनलिमिटेड प्याकेज’ अन्तर्गत ६९९ रुपैयाँमा दैनिक २ जीबी, ७९९ रुपैयाँमा दैनिक १० जीबी, ९९९ रुपैयाँमा दैनिक १५ जीबी, १,४९९ रुपैयाँमा ५०० जीबी र १,९९९ रुपैयाँको ‘एग्जिक्युटिभ प्याकेज’ मा अनलिमिटेड डाटासहित अनलिमिटेड अल-नेट भ्वाइस कल र एसएमएस सुविधा प्रदान गरिएको छ।
प्रिपेड ग्राहकहरूका लागि थप डाटा प्याकका रूपमा ९९ रुपैयाँमा १ दिनका लागि ८ जीबी र १९९ रुपैयाँमा ७ दिनका लागि २० जीबी डाटा उपलब्ध गराइएको छ।
यस्तै प्रिपेडमा सजिलो अनलिमिटेड प्याकेजअन्तर्गत ९९९ रुपैयाँमा मासिक ४५० जीबी र १,४९९ रुपैयाँमा ५०० जीबी डाटासहित अनलिमिटेड भ्वाइस र एसएमएस सुविधा दिइएको छ।
स्वतः नवीकरण हुने ‘नमस्ते रिकरिङ’अन्तर्गत अब ६९९ रुपैयाँको नयाँ प्याक थप गरिएको छ भने कर्पोरेट युजर ग्रुप (CUG) का लागि पनि नयाँ प्याकेजहरू ल्याइएको छ।
यसैबीच आगामी साउन १५ गतेदेखि लागू हुने गरी ‘नमस्ते क्रेडिट’ (सापटी) सुविधा परिमार्जन गरी ३० रुपैयाँ बनाइएको छ, जसबाट ३० रुपैयाँ वा सोभन्दा कम मूल्यका कुनै पनि प्याकहरू सहजै खरिद गर्न सकिनेछ।
प्रिपेड ग्राहकले मोबाइलबाट *1477# डायल गरेर वा टेलिकम एपमार्फत सापटी लिन सक्नेछन्। मनसुन अफरसम्बन्धी थप जानकारी लिन तथा सेवा खरिद गर्न ग्राहकहरूले आफ्नो मोबाइलबाट *1415# डायल गर्न वा नेपाल टेलिकमको एप र आधिकारिक वेबसाइट प्रयोग गर्न सक्ने टेलिकमका प्रवक्ता डा. कमल लामिछानेद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment