सुनको मूल्य तोलामा १ हजारले बढ्यो, चाँदी पनि ५० रुपैयाँले उकालो

डिसी नेपाल
१५ साउन २०८३ ११:२५

काठमाडौं। नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबारको तुलनामा शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ हजार रुपैयाँले वृद्धि भएको हो।

मूल्यवृद्धिसँगै शुक्रबार छापावाल सुनको कारोबार प्रतितोला २ लाख ८५ हजार रुपैयाँमा कायम भएको छ। यसअघि बिहीबार तोलामा ८०० रुपैयाँले बढेर सुन प्रतितोला २ लाख ८४ हजार रुपैयाँमा कारोबार भएको थियो भने बुधबार १ हजार रुपैयाँ घटेर प्रतितोला २ लाख ८३ हजार २०० रुपैयाँमा झरेको थियो।

यस हप्ताको सुरुवाती दिनहरूमा आइतबार र सोमबार क्रमशः १ हजार ६०० र १ हजार ४०० रुपैयाँले बढेर सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ५०० रुपैयाँसम्म पुगेको थियो भने मंगलबार एकैदिन ४ हजार ३०० रुपैयाँको ठूलो गिरावट आएको थियो।

सुनसँगै चाँदीको मूल्यमा पनि शुक्रबार सुधार आएको छ। महासंघका अनुसार चाँदीको मूल्य तोलामा ५० रुपैयाँले बढेर प्रतितोला ४ हजार ३६० रुपैयाँ कायम भएको छ। बिहीबार चाँदी तोलामा १० रुपैयाँ घटेर ४ हजार ३१० रुपैयाँमा कारोबार भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *