सिजीको ‘मेरिडिया सिरिज’ अन्तर्गत अत्याधुनिक ४ नयाँ सिंगल डोर फ्रिज बजारमा
काठमाडौं। नेपालको अग्रणी इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले आफ्नो प्रिमियम ‘मेरिडिया सिरिज’ अन्तर्गत चार वटा नयाँ मोडलका अत्याधुनिक सिंगल डोर रेफ्रिजरेटरहरू बजारमा सार्वजनिक गरेको छ।
नयाँ सार्वजनिक गरिएका CGMS220DLRI, CGMS220DLBI, CGMS220LRI र CGMS220LBI मोडलहरू २०० लिटर क्षमतामा उपलब्ध छन्। भान्सालाई थप आकर्षक बनाउन यी फ्रिजहरू लिफी वाइन र लिफी ब्लु रङ तथा डिजाइनमा तयार पारिएका छन्।
यी फ्रिजहरूमा बिजुलीको अधिकतम बचत गर्ने र ११० भोल्टसम्मको कम भोल्टेजमा पनि सहजै काम गर्ने डिजिटल इन्भर्टर कम्प्रेसर प्रयोग गरिएको छ। साथै, चाँडो र प्रभावकारी कुलिङका लागि टर्बो कुलिङ तथा एडभान्स क्यापिलरी कुलिङ प्रविधि समावेश गरिएको छ भने फलफूल र तरकारी लामो समय ताजा राख्न ‘फार्म फ्रेसनेस’ र जम्बो भेजिटेबल ट्रेको सुविधा छ।
नेपाली भान्साको आवश्यकतालाई ध्यानमा राख्दै आलु र प्याजजस्ता सुख्खा सामाग्री राख्न CGMS220DLRI र CGMS220DLBI मोडलमा छुट्टै ‘ड्राइ बास्केट’ उपलब्ध गराइएको छ।
कम बजेटमा प्रिमियम लुक्स खोज्नेहरूका लागि CGMS220LRI र CGMS220LBI मोडलमा आकर्षक एप्रोन बेस राखिएको छ। सबै मोडलहरूमा सुरक्षाका लागि लक एन्ड की सुविधा पनि रहेको छ। ‘एक्सपिरियन्स लाइफ विथ सिजी’ (Experience Life with CG) भन्ने मूल नाराका साथ आएका यी फ्रिजहरूले ग्राहकलाई स्मार्ट र झन्झटमुक्त जीवनशैलीको अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ।
विगत ४० वर्षभन्दा बढी समयदेखि नेपाली बजारमा क्रियाशील सिजी इलेक्ट्रोनिक्सका यी नयाँ फ्रिजहरू देशभरका २१ वटा सिजी डिजिटल शोरुम, कम्पनीका आधिकारिक वेबसाइटहरू (www.cgdigital.com.np, www.cginspiringlife.com) तथा आधिकारिक बिक्रेतामार्फत खरिद गर्न सकिनेछ। कम्पनीले देशभर रहेका ४० वटा सेवा केन्द्रमार्फत बिक्रीपछिको उत्कृष्ट सेवा सुनिश्चित गरेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment